एनसेल र ट्रिप टर्बोबीच साझेदारी: यात्रा र साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच साझेदारी: यात्रा र साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट
+
-
देशसञ्चार AI सारांश
  • एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत यात्रा र साहसिक गतिविधिहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
  • ९९ रुपैयाँको एनसेल प्याक खरिद गर्ने ग्राहकहरू ट्रिप टर्बोमार्फत ८ हजार रुपैयाँसम्मको छुट पाउन योग्य हुनेछन्।
  • आन्तरिक हवाई टिकट र बस बुकिङमा पनि क्रमशः २००, १४०, र १११ रुपैयाँ छुटको व्यवस्था गरिएको छ।

काठमाडौँ- एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत विभिन्न यात्रा र साहसिक गतिविधिहरूमा आकर्षक छुट तथा सुविधाहरू पाउने भएका छन्

एनसेलले नेपालको अग्रणी ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’ सँग व्यावसायिक साझेदारी गरेपछि ग्राहकहरूले यस्तो सुविधा पाउन थालेका हुन्। यस सम्झौतापछि ग्राहकहरूले एनसेल एप प्रयोग गरी बस, हवाई टिकट बुकिङ तथा मनोरञ्जनात्मक गतिविधिहरूमा विशेष सहुलियत प्राप्त गर्न सक्नेछन्

यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि एनसेल प्याक खरिद गर्ने ग्राहकहरू यस छुटका लागि योग्य हुनेछन्। योग्य ग्राहकहरूले ट्रिप टर्बोमार्फत विभिन्न साहसिक र मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागी हुँदा ८ हजार रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्

यसका साथै पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ, त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ र बस टिकट बुकिङमा १११ रुपैयाँ छुटको व्यवस्था गरिएको छ

ग्राहकहरूले यी विशेष छुटहरूको लाभ लिनका लागि एनसेल एपभित्र रहेको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गतको ट्रिप टर्बो सेक्सनमा जानुपर्ने हुन्छ। यो डिजिटल प्रणालीले ग्राहकहरूलाई आफ्नो यात्रा योजना बनाउन, सहजै छुटहरू खोज्न र त्यसलाई प्रयोग गर्न मद्दत पुर्‍याउँछ। ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल बुकिङ, बस टिकट, र होलिडे प्याकेजहरू उपलब्ध गराउँदै आएको छ

साझेदारीका बारेमा बोल्दै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कम्पनी केवल कनेक्टिभिटीमा मात्र सिमित नरहेर ग्राहकहरूको लाइफस्टाइल र सहजताका लागि प्रतिबद्ध रहेको बताएका छन्

ट्रिप टर्बोसँगको सहकार्यले ग्राहकहरूको यात्रालाई थप किफायती र सुविधाजनक बनाउने उनको विश्वास छ। एनसेलले यस सहकार्यलाई परम्परागत दूरसञ्चार सेवाभन्दा माथि उठेर डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा स्थापित हुने आफ्नो यात्राको एउटा महत्त्वपूर्ण कदमको रूपमा लिएको छ

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…