अ
+
अ
अ
-
काठमाडौँ- पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई सुर्खेतबाट स्थलमार्ग हुँदै रातारात काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएको हो।
पाँच पटकसम्म मुलुकको अर्थमन्त्री रहेका पौडेललाई पक्राउ गर्नुअघि विभागले ललितपुरस्थित उनको निवासमा छापासमेत मारेको थियो। पौडेल विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको पाइएपछि उनी पक्राउ परेका हुन्।
सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका भट्ट पूर्पक्षका लागि थुनामा रहेका छन्।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
