अ
+
अ
अ
-
काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार साँझदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ।
पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीति तय गर्न बैठक केन्द्रित रहेको बताइएको छ।
यसअघि मंगलवार नै पार्टी मुख्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले उपाध्यक्ष पौडेलको पक्राउलाई सरकारको अपमानजनक कार्य भन्दै आपत्ति जनाएको छ।
पार्टीका प्रमुख सचेतक ऐनबहादुर महरकाअनुसार संसदीय दलले यस गिरफ्तारीलाई गैरन्यायिक र विधिको शासनविपरीत ठहर गरेको छ। एमालेले उपाध्यक्ष पौडेललाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
जारी सचिवालय बैठकले संसदीय दलको निष्कर्ष र वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको आधिकारिक धारणा र भावी योजनाहरू तय गर्नेछ।
भर्खरै
लोकप्रिय
