नेपालमा पहिलो ‘बोस ब्रान्ड स्टोर’ सञ्चालनमा, लक्ष्मी ग्रुपसँगको सहकार्य थप सुदृढ

नेपालमा पहिलो ‘बोस ब्रान्ड स्टोर’ सञ्चालनमा, लक्ष्मी ग्रुपसँगको सहकार्य थप सुदृढ
+
-
देशसञ्चार AI सारांश
  • BSH Home Appliances ले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गरी ललितपुर जावलाखेलमा पहिलो ‘बोस ब्रान्ड स्टोर’ खोल्यो।
  • बोसले नेपाली बजारमा विश्वप्रसिद्ध जर्मन इन्जिनियरिङका प्रिमियम उत्पादनहरू प्रदर्शनी गरी उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव गराउनेछ।
  • यो नयाँ स्टोरले ७० भन्दा बढी डिलर पार्टनर र २० आधुनिक आउटलेटहरूलाई थप बलियो बनाउनेछ।

काठमाडौँ- होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी BSH Home Appliances ले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुप (Laxmi Group) सँगको सहकार्यमा ललितपुरको जावलाखेलमा नेपालकै पहिलो ‘बोस ब्रान्ड स्टोर’ (Bosch Brand Store) सञ्चालनमा ल्याएको छ।

दक्षिण एशियामा आफ्नो बजार विस्तार गर्ने रणनीतिक योजना अनुरूप कम्पनीले नेपालमा पहिलो पटक आफ्नो समर्पित प्रिमियम स्टोर स्थापना गरेको हो।

यस नयाँ स्टोरमार्फत नेपाली उपभोक्ताहरूले बोसका विश्वप्रसिद्ध जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टताले भरिपूर्ण उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।

ललितपुरको प्रमुख व्यावसायिक क्षेत्र जावलाखेलमा खोलिएको यस स्टोरमा बोस ब्रान्डका प्रिमियम रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन र बिल्ट-इन किचन समाधानहरू प्रदर्शनमा राखिएका छन्।

नेपालमा बढ्दो शहरीकरण, उपभोक्ताहरूको आम्दानीमा भएको वृद्धि र आधुनिक एवं प्रविधिमैत्री जीवनशैलीप्रतिको आकर्षणलाई ध्यानमा राख्दै बोसले नेपाली बजारमा आफ्नो प्रिमियम उत्पादनहरूको उपस्थिति बढाउने लक्ष्य लिएको छ।

यो स्टोरले देशभर रहेका बोसका ७० भन्दा बढी डिलर पार्टनर र २० वटा आधुनिक ट्रेड आउटलेटहरूको सञ्जाललाई थप बलियो बनाउने विश्वास गरिएको छ।

स्टोर उद्घाटनको अवसरमा BSH Home Appliances India का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खानले नेपालमा प्रिमियम होम अप्लायन्स क्षेत्रमा ठूलो सम्भावना रहेको र लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यले यस बजारमा ब्रान्डको उपस्थितिलाई अझ मजबुत बनाउने बताए।

त्यसैगरी, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पाँच दशकभन्दा बढी समयदेखि विश्वस्तरीय उत्पादन र प्रविधि नेपाली उपभोक्तामाझ पुर्‍याउँदै आएको स्मरण गर्दै, गुणस्तर र विश्वसनीयताका लागि परिचित बोस ब्रान्डसँगको यो सहकार्यले नेपालको प्रिमियम होम अप्लायन्स बजारको विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…