मोरङ – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रवेश गर्ने प्रहरीलाई कारबाही गरिने भएको छ।
मंगलबार प्रदेश सभा बैठकमा बोल्दै मन्त्री पराजुलीले असार ४ गते राति विराटनगर पुष्पलाल चौकस्थित मन्त्री क्वार्टरमा प्रवेश गर्ने प्रहरीलाई कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताएका हुन्।
आफू जिल्ला बाहिर रहेका बेला आफ्नो निवासमा प्रवेश गर्ने प्रहरीले गल्ती स्वीकार गरिसकेको र आन्तरिक कारबाही अघि बढाइएको उनले बताए।
उनले उक्त घटनालाई थप राजनीतिकरण नगर्न र सुरक्षा निकायको अनुसन्धानलाई सहयोग गर्न आग्रह गरे। बैठकमा मन्त्री पराजुलीले उक्त घटनालाई कार्यशैलीगत कमजोरीका रुपमा लिनुपर्ने बताए।
घटना कुनै नियोजित नभई अपराधी खोज्ने क्रममा प्रहरीबाट भएको विषय मात्र रहेको मन्त्री पराजुलीको भनाइ छ। घटनाको विषयमा प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुखसहितको बैठकमा गम्भीर छलफल भएको उनको भनाइ छ।
भर्खरै
लोकप्रिय
