अ
+
अ
अ
-
मोरङ – विराटनगरको परोपकार घाटमा मध्यराति निर्वस्त्र अवस्थामा होहल्ला गर्ने ४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगर– १ स्थित दाहसंस्कार गरिने परोपकार घाटमा मंगलबार मध्यराति करिब साढे १२ बजे निर्वस्त्र रुपमा होहल्ला गर्दै अश्लील कार्य गर्नेलाई पक्राउ गरिएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा विराटनगर–६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिकाका २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरस्थित रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मनीष काफ्ले र विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे छन्।
सो स्थलमा केही मानिसले होहल्ला गरिरहेको स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी मिश्रले जानकारी दिए।
भर्खरै
लोकप्रिय
