मतपत्रमा ‘ज्वाला’ गायब, भन्छिन्- ‘नाममासमेत राजनीति भयो, आयोगमा उजुरी दिएँ’

मतपत्रमा ‘ज्वाला’ गायब, भन्छिन्- ‘नाममासमेत राजनीति भयो, आयोगमा उजुरी दिएँ’
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेतृ टिका संग्रौलाले ‘ज्वाला’ उपनाम मतपत्रमा नपरेकोले असन्तुष्ट हुँदै व्यंग्यात्मक प्रतिक्रिया दिएकी छन्।
  • उनले आफ्नो नाम बिना राजनीति भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको कुरा फेसबुकमा उल्लेख गरिन्।
  • रास्वपाको चितवनमा जारी महाधिवेशनमा मतदान र नामको विवादले सामाजिक सञ्जाल तातेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धा गरेकी नेतृ टिका संग्रौला (ज्वाला)ले ‘ज्वाला’ उपनाम मतपत्रबाट हटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

उम्मेदवारी दर्ता गर्दा उनले आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला)’ उल्लेख गरेको भए पनि ज्वाला नहुँदा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। आफ्नो जस्तै अन्य सदस्यहरूको पनि उपनाम नाम फरक भएको र त्यो पनि उल्लेख भएको भए पनि आफ्नो गायब भएको भन्दै उनले व्यङ्ग्यात्मक तरिकाले त्यसको विरोध गरेकी छन्।

‘पार्टीको केन्द्रीय समितिमा यही नाम, महाधिवेशन प्रतिनिधिमा यही नाम, उम्मेदवार हुँदा यही नाम , तर जब भोटिङ मेसिन खुल्छ, नाम गायब हुन्छ ब्राकेट भित्रको। फेरि अरु साथीहरुको चाहिँ सबैको छ , मेरो मात्र मेसिनले खाएछ,’ उनले फेसबुकमा लेखेकी छन्,’भोट दिने साथीहरूले ज्वाला खोज्दा खोज्दै भोटिङ्गको समय समाप्त। ग्यान पनि समाप्त..!’

उनले आफ्नो नाम गायब गराइएको विषयमा निर्वाचन आयोमा उजुरीसमेत दिएको बताएकी छन्। ‘नाममासमेत राजनीती गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु,’ फेसबुकमा उनले लेखेकी छन्।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ। यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्य पदका लागि मतदान कार्य भइरहेको छ। मतदान र नामका विषयमा भएको विवादले भने सामाजिक सञ्जाल तातेको छ। नेताहरूले सञ्जालमा खुलेर विरोध जनाएका छन्।

यो पनि: 

रास्वपा महाधिवेशनको विवाद सामाजिक सञ्जालमा छताछुल्ल

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…