- बिशु सिटौला भूतपूर्व लागूऔषध प्रयोगकर्ता हुन्, जो हाल यसको विरुद्धको सक्रिय अभियन्ता भैसकेका छन्।
- उनी लागूऔषधको भ्रामक रोमाञ्चक संसारबारे सचेत गर्दै यसको कारण परिवार र सामाजिक सम्बन्ध बिग्रिएको कुरा गर्छन्।
- सिटौलाले लागूऔषध मुक्तिको लागि रिह्याभ सेन्टर स्थापना गरी अन्य प्रभावितलाई सहयोग गर्ने संकल्प लिएका छन्।
जुन २६ अर्थात् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । यस दिनको अवसर पारेर हामीले एउटा यस्तो पात्रसँग कुराकानी गर्यौँ, जो केही वर्ष अघिसम्म लागूऔषधको नशामा डुबेका थिए । उक्त श्रृङ्खलालाई तोडेर उनी हाल केवल यसबाट मुक्ति पाउने बाटोमा मात्र नभएर यस विरुद्धको अभियन्ता भैसके।
बिशु सिटौलाको यसको सिकार हुनेदेखि लिएर यस विरुद्धको अभियन्तासम्म हुने बाटोको कथा निकै रोचक छ।
सिटौलासँग हामीले एक घण्टा संवाद गर्यौँ। संवादमा उनले लिएर गए हामीलाई ती दिनहरुमा जहाँ उनलाई जीवनसँग मोहभंग हुन थाल्यो। आफ्नै दिनहरु यादसम्म रहेन। उनले बारम्बार नशापछिको त्यो भ्रामक संसारको कुरा गरे, जुन क्षणिक समयको लागि निकै रोमाञ्चक लाग्ने गर्छ। त्यो एउटा पल जहाँ अब आफू यसको सिकार भइसकेको अनुभूतिदेखि नाता सम्बन्ध र परिवारसँगको मनमुटावबारे बोल्न उनी कत्ति पनि हच्केनन्। कुलतबाट उनको जीवनमा निम्तिएको दुखद घटनाहरुबारे उनी खुलस्त भए।
जब लाग्यो यो असामान्य परिस्थितिबाट मैले बाहिर आउनुपर्छ र लड्नुपर्छ आफैसँग, उनले हार मानेनन्। मानसिक रुपमा आएका तमाम पीडाहरु पछ्याउँदै उनी विगत ५ वर्षदेखि यसबाट मुक्त छन्। साथै उनी अब सगर्व लागूऔषधबाट छुटकारा पाउन चाहने मानिसहरुका लागि जाने रिह्याभ सेन्टरको एक संस्थापक समेत छन्। आफ्नो मामा दिपककुमार उप्रेतीसँग मिलेर उनी यस संस्थाका क्रियाशील संस्थापकका रुपमा कार्यरत छन्।
हाल सामाजिक कार्यहरुमा उत्तिकै क्रियाशील उनी एक नमूना पात्र भएका छन् ती तमाम व्यक्तिहरुका लागि जो जानी नजानी यसको सिकार बनिरहेका छन्। उनले संवादकोबीचमा उठाए ती कुराहरु जुन नीति निर्माताका लागि पनि उत्तिकै चासोको हुन सक्छ। समाजले अपनाउन पर्ने बाटो र कुलतबाट निस्कन चाहानेहरुलाई दिइनुपर्ने प्रेम र प्रेरणाबारे उनी भावुकताकासाथ बोलेका छन्। उनका शव्दहरुले ती कुन्ठित आवाजहरुलाई जीवन्त बनाएको छ । समाजकै कारण कुलतबाट निस्कन चाहे पनि नसक्ने व्यक्तिहरुको लागि पनि उनी बोले।
पूरा अन्तर्वार्ता:
भर्खरै
लोकप्रिय
