नेपाल टेलिकमद्वारा आफ्नै इन-हाउस सफ्टवेयर प्रणाली कार्यान्वयन, सेवा प्रवाह थप पारदर्शी र प्रभावकारी बन्ने

नेपाल टेलिकमद्वारा आफ्नै इन-हाउस सफ्टवेयर प्रणाली कार्यान्वयन, सेवा प्रवाह थप पारदर्शी र प्रभावकारी बन्ने
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले आधुनिक डिजिटल सेवा प्रदायक संस्था बन्न ‘प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम’ लगायत विभिन्न सफ्टवेयर प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ।
  • कम्पनीले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा विस्तार गर्दै ७५० स्थानीय निकायमा यो सेवा पुर्‍याएको छ।
  • अन्तर्राष्ट्रिय दूरसञ्चार संघका प्रतिनिधिसँग टेलिकमले स्पेक्ट्रम व्यवस्थापन, लाइसेन्स सुधार र एआई इनोभेसनबारे छलफल गरेको छ।

काठमाडौं- नेपाल टेलिकमले आफ्नो आन्तरिक कार्यप्रणालीलाई थप स्वचालित, पारदर्शी र जवाफदेही बनाउन विभिन्न इन-हाउस सफ्टवेयर प्रणालीहरूको विकास गरी कार्यान्वयनमा ल्याएको छ।

कम्पनीलाई आधुनिक डिजिटल सेवा प्रदायक संस्थाका रूपमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप केन्द्रीय कार्यालयदेखि क्षेत्रीय कार्यालयहरूसम्मको सम्पूर्ण खरिद प्रक्रियालाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न ‘प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम’ (PMS) संचालनमा ल्याइएको हो।

कम्पनीकै प्राविधिक जनशक्तिद्वारा विकास गरिएको यस प्रणालीले सार्वजनिक खरिदका विभिन्न चरण र सम्झौताहरूको अनुगमनलाई परिस्कृत गर्दै प्रक्रियागत ढिलाइ न्यूनीकरण गर्ने र सुशासन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यसका साथै, कम्पनीले देशभरका विभिन्न कार्यालयहरूको सिफ्ट ड्यूटी र जनशक्तिको समग्र जानकारी व्यवस्थापन गर्न ‘ड्यूटी चार्ट म्यानेजमेन्ट सिस्टम’ (Duty Chart Management System) तथा बैठकहरूलाई व्यवस्थित गर्न ‘मिटिङ म्यानेजमेन्ट सिस्टम’ (Meeting Management System) समेत कार्यान्वयनमा ल्याएको छ।

आगामी दिनहरूमा सेवा प्रवाहलाई थप छरितो बनाउन उपकरणहरूको एकीकृत व्यवस्थापनका लागि ‘यूनिफाइड टिकेटिङ सिस्टम’ (Unified Ticketing System) र कागजरहित कार्यवातावरण निर्माणका लागि ‘वर्कफ्लो म्यानेजमेन्ट सिस्टम’ (Workflow Management System) विकास गर्ने कार्यसमेत अघि बढाइएको कम्पनीले जनाएको छ।

उपल्लो डोल्पाको कागकोटमा फोरजी सेवा विस्तार

टेलिकमले दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार पहुँच पुर्‍याउने कार्यलाई निरन्तरता दिँदै डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी (4G) सेवा सञ्चालनमा ल्याएको छ।

समुद्र सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत यो सेवा जेठ महिनादेखि सुरु गरिएको हो। यो उपल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो।

यस नयाँ साइट विस्तारसँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायहरूको कुल संख्या ७५० पुगेको छ।

अब डोल्पा जिल्लाका डोल्पो बुद्ध र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा मात्र फोरजी सेवा पुग्न बाँकी रहेको र ती क्षेत्रहरूमा पनि निकट भविष्यमै सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ।

आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमाथि नेपाल टेलिकममा बृहत् छलफल

टेलिकमको केन्द्रीय कार्यालयमा आगामी आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेटमाथि बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले ग्राहकहरूको विश्वासलाई मनन गर्दै गुणस्तरीय सेवा प्रदान गर्न र कम्पनीका सेवाहरूको बजारीकरण अझ बढी व्यावसायिक रूपमा गर्न निर्देशन दिइन्।

संस्थाको गरिमा जोगाउन हरेक तहका कर्मचारी उत्तरदायी र जवाफदेही हुनुपर्नेमा उनले जोड दिइन्।

सोही अवसरमा प्रमुख वित्तीय अधिकृत राजेन्द्र अर्यालले चालु आर्थिक वर्षको ९ महिनाको समीक्षा तथा आगामी वर्षको बजेट प्रस्तुत गर्दै राजस्व वृद्धिका उपाय र खर्चमा मितव्ययिता ल्याउने रणनीतिक योजनाबारे जानकारी दिए।

टेलिकमले विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्दै ग्राहक संख्या वृद्धि, पूर्वाधारको अधिकतम उपयोग र आक्रामक खर्च कटौती गर्ने नयाँ योजना अघि सारेको छ।

नेपाल टेलिकम र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) का प्रतिनिधिबीच समसामयिक चुनौतीबारे छलफल

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) का दक्षिणपूर्व एसिया तथा एसिया-प्रशान्त क्षेत्रका क्षेत्रीय प्रतिनिधि किशोर बाबु येरावल्ला र नेपाल टेलिकमका उच्च पदस्थ पदाधिकारीहरूबीच विशेष भेटघाट तथा छलफल सम्पन्न भएको छ।

नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोल लगायतका अधिकारीहरू सहभागी सो बैठकमा नेपालको दूरसञ्चार क्षेत्रका समसामयिक चुनौतीहरू तथा भावी कार्यदिशाबारे गहन विचार-विमर्श भयो।

छलफलका क्रममा स्पेक्ट्रम व्यवस्थापन, लाइसेन्स प्रणालीमा सुधार, करसम्बन्धी चुनौती, कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित दूरसञ्चार सेवाको नवप्रवर्तन र संस्थागत पुनःसंरचना जस्ता रणनीतिक विषयहरूमा कुराकानी भएको थियो।

ITU का प्रतिनिधि येरावल्लाले नेपालको दूरसञ्चार क्षेत्रको विकास र नवप्रवर्तनमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…