काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीका उम्मेदवार मनिष झाले गुटगत राजनीति गर्नेलाई कारबाही गर्न पार्टी सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।
चितवनमा जारी महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापनपक्ष एकजुट भएको भन्दै गुटगत राजनीति गर्नेलाई कारबाही गर्न माग गरेका हुन्। महामन्त्रीमा उम्मेदवारी दिएका छ जनाले उम्मेदवारी फिर्ता लिँदै गुट देखिने गरी रविका विश्वासपात्र विपिन आचार्यलाई समर्थन गरेपछि झाको यस्तो प्रतिक्रिया आएको हो।
‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु, यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न’, झाले भने।
महामन्त्रीमा उम्मेदवारी दिएका कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपाने, शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिँदै विपिनलाई समर्थन गरेका छन्।
उनीहरूले गटगत राजनीति गरेको भन्दै अर्का महामन्त्रीका उम्मेदवार गणेश कार्कीले पनि असन्तुष्ट जनाएका छन्।
उम्मेदवारी फिर्ता लिएर रविका विश्वास पात्र विपिनलाई छ जनाले समर्थन गरेपछि असन्तुष्ट बने कार्की
भर्खरै
लोकप्रिय
