राजु रायमाझीको उपन्यास ‘रिमा’ लोकार्पण

राजु रायमाझीको उपन्यास ‘रिमा’ लोकार्पण
+
-

काठमाडौँ- लेखक राजु रायमाझीको पहिलो उपन्यास ‘रिमा’ लोकार्पण गरिएको छ।

शनिबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि साहित्यकार इन्दिरा प्रसाईँ, लेखककी आमा रमा रायमाझी, साहित्यकार वासुदेव अधिकारी, हरिशरण ढुंगाना र राजन पुडासैनीलगायतको उपस्थितिमा लोकार्पण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नइ एकेडेमीकी कुलपति तथा त्रिमूर्ति निकेतन एवं बानिरा फाउन्डेशनकी अध्यक्ष साहित्यकार प्रसाईँले लेखकको रायमाझीको स्कूले जीवनदेखिको असल व्यवहार लेखनमा पनि देखिएको भन्दै प्रशंसा गरिन्।

कार्यक्रममा अन्य वक्ताहरूले पनि ‘रिमा’ले समकालीन समाजका संघर्ष, सपना, प्रेम, सफलता र मानवीय संवेदनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टा राजु रायमाझीको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

लेखक रायमाझी हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत छन्।

शिमल बुक्सद्वारा प्रकाशित ‘रिमा’ उपन्यासको सफ्ट कभर संस्करणको मूल्य ४५० रुपैयाँ र हार्ड कभर संस्करणको मूल्य ५५० रुपैयाँ रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…