- महोत्तरीमा दुई सुगर ईण्डष्ट्रिजले १२,०३२ किसानको उखु विक्री रकम र अनुदानबाट करीब २ अर्ब भुक्तानी प्रक्रिया सुरु गरेका छन्।
- हालसम्म १ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ भुक्तानी सम्पन्न भएको र ८१ लाख ९० हजार रुपैयाँ बाँकी रहेको छ।
- प्रति क्विन्टल ७० रुपैयाँ अनुदान सिफारिससहित २० करोड ७ लाख रकम भुक्तानीका लागि कोषलाई निर्देशन भएको छ।
जनकपुरधाम – महोत्तरीमा किसानलाई उखु विक्री वापतको भुक्तानी गर्न चिनी मिलले सुरु गरेको छ। उखु किसानलाई उखु विक्री वापतको रकम र अनुदान गरी करिब २ अर्ब रुपैयाँ भुत्तानीको प्रक्रिया सुरु भएको हो।
जिल्लाभरका १२ हजार ३२ जना उखु किसानको २८ लाख ६७ हजार ९८७।३९ क्विन्टल उखुको एभेरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज लिमिटेड, रामनगर र सिद्धिविनायक सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा।लि।ले भुक्तानी सुरु गरेको हो।
किसानहरुको १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२।७ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५।६ रुपैयाँ भुक्तानी भइसकेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
यस्तै, ८१ लाख ९० हजार ७७७ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज लिमिटेडले ११ हजार ८११ जना किसानबाट २८ लाख ५३ हजार १७८।९६ क्विन्टल उखु खरिद गरेकोमा त्यस वापतको १ अर्ब ७६ करोड ३८ लाख ८५ हजार ७३५।६ रुपैयाँ भुक्तानी गरिसकेको छ । यस्तै ७ जना किसानको बैँक खाता नहुँदा उनीहरुको ३ लाख ७० हजार २५२ रुपैयाँ भुक्तानी हुन बाँकी छ।
यस्तै, सिद्धिविनायक सुगर एण्ड केमिकल ईण्डष्ट्रिजले २१४ जना किसानबाट १४ हजार ८०८।४३ क्विन्टल उखु खरिद गरेकोमा १३ लाख ६० हजार ७२० रुपैयाँ भुक्तानी गरिसकेको छ भने ७८ लाख २० हजार ५२५ रुपैयाँ भुक्तानी हुन बाँकी छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले २० करोडभन्दा बढी अनुदान वापतको रकम दिन सिफारिस गरिएको जानकारी दिए । प्रति क्विन्टल ७० रुपैयाँको दरले हुने अनुदान वापतको रकम दिन सिफारिस गरिएको जानकारी दिए।
असार १९ गते बसेको भुक्तानी समितिको बैठकले २० करोड ७ लाख ५९ हजार ११७।३० पैसा अनुदान रकम भुक्तानीको लागि कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सिफारिस गरेको हो।
भर्खरै
लोकप्रिय
