स्थापित दल र त्यसका नेताहरूलाई बदनाम गर्न काल्पनिक कथा: बस्नेत

स्थापित दल र त्यसका नेताहरूलाई बदनाम गर्न काल्पनिक कथा: बस्नेत
फाइल तस्बिर ।
+
-

नेकपा एमालेका सचिव महेश बस्नेतले नक्कली भुटानी शरणार्थी र टेरामक्स प्रकरणका हालैका अदालती फैसलाहरूले स्थापित दल र तिनका नेताहरूलाई बदनाम गराउन ‘काल्पनिक कथाहरू’ बुनिएको पुष्टि भएको दाबी गरेका छन्।

मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै एमाले सचिव बस्नेतले टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विशेष अदालतबाट पाएको सफाइ र भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा र सन्दीप रायमाझीसहित ७ जनाले जिल्ला अदालतबाट पाएको सफाइलाई न्यायालयको दूधको दूध, पानीको पानी छुट्ट्याउने फैसलाका रूपमा चित्रण गरे।

बस्नेतले न्यायालयका यी फैसलाबाट पुराना दल र ती दलका नेतालाई बदनाम गराउन भ्रष्टाचारलगायतका मुद्दामा काल्पनिक कथा बनाइएका थिए भन्ने कुरा प्रमाणित भएको दाबी गरेका छन्। ‘प्रमाणले होइन, अल्गोरिदमबाट बनाइएको मनले भने यस्ता कुरा सहजै लिन समय लाग्नेछ,’ उनले लेखेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…