कर्णाली कोरिडोर: दुई वटा प्रविधि अपनाएर सडकको स्तरोन्नति गरिँदै

कर्णाली कोरिडोर: दुई वटा प्रविधि अपनाएर सडकको स्तरोन्नति गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको सडक दुई विधिबाट स्तरउन्नति गरिने, जसमा मेसिनरी र जैविक प्रविधि छन्।
  • मार्गको लागि एक अर्ब बजेट सुनिश्चित भएको छ, अनि आगामी आर्थिक वर्षमा स्तरउन्नति प्रक्रिया सुरु हुनेछ।
  • कोरिडोर अन्तर्गत केही भागको काम पहिले नै सम्पन्न भइसकेको छ, र अन्य भागमा पुल निर्माण प्रक्रियामा छन्।

हुम्ला- कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ को बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरोन्नति कार्य दुई वटा प्रविधिबाट गरिने भएको छ।

यस क्षेत्रमा सधैँ सुख्खा पहिरो र पहिरो खसिरहने भएकाले मेसिनरी र जैविक (बायो–इन्जिनियरिङ) प्रविधि अपनाउन लागिएको हो।

कर्णाली कोरिडोर दक्षिण खण्डको कोल्टी कार्यालयका प्रमुख बिसुनदास लामाका अनुसार, उक्त खण्डको कच्ची क्षेत्रको तीन सय मिटरभन्दा बढी सडकमा वर्षामा पहिरो र हिउँदमा सुख्खा पहिरो बारम्बार खसिरहने भएकाले आधुनिक प्रविधिको मेसिनरी वाल र ग्याभिन लगाउने कार्य एकातिर गरिनेछ भने अर्कोतिर जैविक प्रविधि पनि अपनाएर निर्माण कार्य अगाडि बढाइनेछ।

सडकलाई दिगो र गुणस्तरीय बनाउनका लागि यस्तो कार्य गर्न लागिएको र पहिरो खस्ने कच्ची खण्डमा सो समस्या समाधानका लागि यी दुवै प्रविधिबाट सडक स्तरउन्नति गर्न लागिएको उनले बताए।

हाल दैनिकजसो पानी परेको समयमा पहिरो र घाम लागेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।

यो समस्या समाधानका लागि सडक विभागले एक वर्ष अगाडि विज्ञ टोली खटाएर स्थलगत रूपमा अध्ययन गराएको थियो र सोही टोलीको अध्ययन प्रतिवेदन तथा सम्भाव्यता अनुसार अहिले उक्त सडक निर्माण गर्न लागिएको हो।

अब आगामी आर्थिक वर्ष २०८३/२०८४ मा बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरउन्नति तथा कालोपत्रे गर्नका लागि एक अर्ब बजेटको व्यवस्था भएको छ।

उक्त खण्डको सडक स्तरउन्नति र कालोपत्रे गर्ने कार्य अब चाँडै सुरु हुनेछ। सो खण्ड १३ किलोमिटर दूरीको रहेको छ।

साउनमा टेन्डर लाग्ने र त्यसको लगत्तै निर्माण कार्य अगाडि बढ्ने जनाइएको छ।

यता खुलालु–सलीसल्ला अन्तर्गत खुलालु–बालुकुना सडकका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर बजेटको व्यवस्था गरेपछि निर्माण कार्य भइरहेको छ।

यस कार्यले कोरिडोर अन्तर्गत उक्त खण्ड स्तरउन्नति तथा कालोपत्रे गर्ने योजना अघि बढिसकेको छ।

कालिकोटको खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर सडक कालोपत्रे गर्न करिब दुई अर्ब १५ करोड रुपैयाँ बराबरको बहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो।

उक्त खण्डको स्रोत सुनिश्चित भइसकेको छ र ४१ किलोमिटर सडकको ठेक्का चाँडै व्यवस्थापन गरिनेछ।

कोरिडोर प्रवेशद्वार खुलालु–सल्ली खण्डको ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति भइसकेको छ।

पालतातडीको घाटचौरदेखि भुक्काखोलासम्म ११.५ किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान फुटाउने काम गरिरहेको छ।

पिलुचौरदेखि कुवाडी २३ किलोमिटर र कुवाडीदेखि तुम्चा २७ किलोमिटर खण्डमा कालोपत्रेका लागि ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको छ।

कोरिडोरका १५ मध्ये नौ वटा पुल निर्माणाधीन अवस्थामा छन् भने ६ वटा पुलका लागि बजेट सुनिश्चित भएको छ।

ती पुल निर्माणका लागि करिब ६२ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको आयोजनाले जनाएको छ।

कालिकोट–बाजुरा सीमामा पर्ने भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकैखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ।

चालु वर्षको अन्त्यसम्म पिलुचौर–कुवाडी खण्डको केही भागमा कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…