अ
+
अ
अ
-
काठमाडौँ – आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि विद्यार्थी संगठनहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
संयुक्त विद्यार्थी संगठनको आयोजनामा शुक्रबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘लोकप्रियताले शासन चल्दैन, कालो चश्मा कालो कोट, देख्दैन जनताको चोट, गणेश नेपालीको हत्यारा बालेन सरकार हो’लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
यस्तै, उनीहरूले सुकुम्वासीको अन्यायपूर्ण विस्थापन गरिएको भन्दै सरकारको विरोध गरेका छन्। सरकारले सुकुम्वासीको अन्यायपूर्ण विस्थापन, दमन र मानवअधिकार हनन् गरेको उनीहरूको भनाइ छ।
प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेलसमेत भएको थियो।

भर्खरै
लोकप्रिय
