ललितपुरमा ‘सीईओ कन्फरेन्स २०२६’ सम्पन्न, उद्यमशीलता र व्यवस्थापनको भविष्यबारे छलफल

ललितपुरमा ‘सीईओ कन्फरेन्स २०२६’ सम्पन्न, उद्यमशीलता र व्यवस्थापनको भविष्यबारे छलफल
+
-
देशसञ्चार AI सारांश
  • ‘सीईओ कन्फरेन्स २०२६’ मा उद्यमी, नीति निर्माता, शिक्षाविद् र विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो।
  • प्रमुख अतिथि डा. गुनाकर भट्टले दीर्घकालीन विकासका लागि आर्थिक वृद्धि र निजी सहकार्य आवश्यक रहेको बताए।
  • कुसोमकी डा. रोशी लामिछानेले कार्यक्रम सफलताका लागि सबैलाई धन्यवाद दिँदै समापन गरिन्।

ललितपुर – काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को एन्ट्रेप्रेन्योरसिप क्लब र स्टुडेन्ट्स वेलफेयर काउन्सिलको संयुक्त आयोजनामा ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौंमा ‘सीईओ कन्फरेन्स २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

“वर्तमान सन्दर्भमा परिवर्तनशील व्यावसायिक परिदृश्य: व्यवस्थापकीय र उद्यमशील चुनौतीहरू” भन्ने नाराका साथ आयोजित यस सम्मेलनमा उद्यमी, नीति निर्माता, शिक्षाविद् र विद्यार्थीहरूको बाक्लो सहभागिता थियो।

सम्मेलनको उद्घाटन कुसोमका डिन प्रा. डा. विजय के.सी., प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुनाकर भट्ट र मुख्य वक्ता एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले संयुक्त रूपमा गरे।

स्वागत मन्तव्य राख्दै स्टुडेन्ट्स वेलफेयर काउन्सिलका अध्यक्ष निर्देश सुवेदीले शैक्षिक क्षेत्र र उद्योगबीचको सम्बन्धलाई मजबुत बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। उद्घाटनकै क्रममा डिन डा. विजय के.सी. ले परिवर्तनशील वातावरणमा विद्यार्थीहरूलाई लचिलो र अनुकूलनशील नेता बन्न प्रोत्साहन गरे।

प्रमुख अतिथिको आसनबाट बोल्दै डा. गुनाकर भट्टले नेपालको दीर्घकालीन विकासका लागि समावेशी आर्थिक वृद्धि र सार्वजनिक-निजी सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले आयोगले हाल ‘नेपाल भिजन २०५०’ तर्जुमा गरिरहेको जानकारी दिँदै देशको आर्थिक स्तरोन्नतिका लागि निजी क्षेत्रको सहभागिता महत्त्वपूर्ण हुने बताए।

यस्तै, मुख्य वक्ता विष्णु कुमार अग्रवालले आफ्नो तीन दशक लामो व्यावसायिक अनुभव साझा गर्दै युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI), डिजिटल रूपान्तरण र नयाँ प्रविधि अपनाउन आग्रह गरे। शैक्षिक दृष्टिकोण राख्दै कुसोमका भिजिटिङ फ्याकल्टी डा. सिद्धार्थ मैनालीले दिगो व्यावसायिक विकासका लागि वित्तीय लगानीसँगै संगठनात्मक क्षमता र नवप्रवर्तन आवश्यक रहेको बताए।

सम्मेलनको मुख्य आकर्षण जुना माथेमाद्वारा सञ्चालित प्यानल छलफल रह्यो। उक्त छलफलमा उद्योगीहरू अभिनव चुरिवाल, आनन्द बगारिया, दर्शना श्रेष्ठ, सचिन्द्र ढुंगाना र साहिल श्रेष्ठले नेपालको उत्पादनमूलक क्षेत्र, कृषिको आधुनिकीकरण, महिला उद्यमशीलता, लगानीको वातावरण र विद्युतीय सवारी (EV) पूर्वाधारका चुनौती एवं अवसरबारे आ-आफ्नो धारणा राखे। प्यानल छलफलपछि विद्यार्थीहरूले स्टार्टअप, जलवायु दिगोपना र करियरका अवसरबारे प्यानलिस्टहरूसँग प्रश्नोत्तर समेत गरे।

कार्यक्रममा विशेष मन्तव्य राख्दै काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले नाफाभन्दा माथि उठेर नैतिक उद्यमशीलता अंगाल्न प्रेरित गरे। सम्मेलनको समापन गर्दै कुसोमकी एशोसिएट डिन डा. रोशी लामिछानेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् भने क्लब संयोजक सुप्रिम पाण्डेले कृतज्ञता ज्ञापन गरे। कार्यक्रमको अन्त्यमा आयोजित नेटवर्किङ सेसनमा सहभागीहरूले विचार आदानप्रदान र व्यावसायिक सम्बन्ध विस्तार गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…