मधेस प्रदेशसभा बैठक आह्वान, चल्न नदिने प्रतिपक्षीको अडान

मधेस प्रदेशसभा बैठक आह्वान, चल्न नदिने प्रतिपक्षीको अडान
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएकाे र अन्योल अन्त्य गर्न सर्वदलीय बैठकको आह्वान गरिएको छ।
  • प्रतिपक्षी दलहरुले सरकारद्वारा प्रस्तुत बजेटलाई असंवैधानिक भन्दै पुनर्लेखनको माग राखी विरोध प्रदर्शन गरेका छन्।
  • सरकारले बजेट पारित गराउन असार मसान्त भित्रै कदम चाल्नुपर्ने बाध्यता रहेपनि प्रतिपक्षको विरोध कायम छ।

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। प्रतिपक्षी दलको अवरोधपछि अनिश्चितकालका लागि स्थगित मधेस प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

मधेस प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि ११ बजे सभामुख रामअशिष यादवको कार्यकक्षमा सर्वदलीय बैठक समेत बोलाइएको हो।

प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले असार १ गते आगामी आर्थिक वर्ष २०८३।८४ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेकोमा त्यसमा प्रतिपक्षी दलको आपत्ति छ। प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सबै दलले यो बजेट असंवैधानिक रहेको भन्दै आपत्ति जनाएका छन्।

उनीहरुले आगामी आवको बजेटमा फरक फरक जिल्लाका योजनाहरु समेत एकै ठाउँमा राखिएकाले त्यो कार्यान्वयनमा समस्या हुने भन्दै बजेट पुनर्लेखनको माग राखेका छन्।

केही दिनअघि मात्र जसपा नेपाल, जनमत पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दै यो बजेट टेबुल समेत हुन नदिने चेतावनी दिएका थिए।

आगामी आवमा बजेट कार्यान्वयनका लागि असार मसान्त भित्र कुनै पनि हालतमा बजेट पारित गराउनुपर्ने अवस्था छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारसँग स्पष्ट बहुमत छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…