मधेस प्रदेशः बजेटसम्बन्धी विवाद समाधान गर्न कार्यदल गठन

मधेस प्रदेशः बजेटसम्बन्धी विवाद समाधान गर्न कार्यदल गठन
फाइल तस्बिर ।
+
-

जनकपुरधाम – मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ। आइतबार बसेको मधेस प्रदेशसभा बैठकमा सभामुख रामअशिष यादवले ७ सदस्यीय कार्यदल गठन गरेका हुन्।

कार्यदलमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट प्रदेशसभा सदस्य उपेन्द्र यादव, जनमत पार्टीको तर्फबाट सञ्जयकुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरिता कुमारी ठाकुर रहेका छन्।

यस्तै, सत्तापक्षको तर्फबाट नेकपा एमालेका हरिनारायण महतो, नेपाली कांग्रेसका जंगिलाल राय, नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट विमला अन्सारी तरुन्नम रहेका छन्।

आगामी आव २०८३/८४ लगायतको विषयमा देखिएको समस्या समाधानका लागि घोषणा गरिएको कार्यदलले आजैदेखि काम सुरु गर्ने सभामुख यादवले सदनमा जानकारी गराए। कार्यदलले आफ्नो कार्यविधिसमेत बनाउने सभामुख यादवले बताए।

मधेस सरकारले ल्याएको बजेट असंवैधानिक रहेको र कार्यान्वय हुन नसक्ने भन्दै प्रतिपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए। असार १ गते अर्थमन्त्री युवराज भट्टराईले सदनमा बजेट प्रस्तुत गरेका थिए।

असार १७ गते छलफलका लागि बैठक बोलाइएको थियो। तर, प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि त्यसको भोलिपल्ट पुनः बैठक बसेको थियो। विपक्षीले अवरोध कायमै राखेपछि स्थगित बैठक आज बसेको हो।

अब प्रदेशसभाको अर्को बैठक असार ३० गते बस्नेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…