काठमाडौँ- सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार केही युवाहरूले माइतीघरमा स्वतन्त्र रूपमा विरोध प्रदर्शन गरेका छन्।
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीहरूको अवस्था बुझ्न माजिदसहित केही युवाहरू शनिबार त्यहाँ पुगेका थिए। प्रहरीले धरपकड गरी उनीहरूलाई नियन्त्रणमा लिनुका साथै उनीहरूमाथि कुटपिटसमेत गरेको थियो।
यसको विरोधमा युवाहरूले आइतबार प्रदर्शन गरेका हुन्।
उनीहरूले प्रहरीले गरेको व्यवहारप्रति धन्यवाद दिँदै उनीहरूलाई फूल दिएका थिए। प्रहरीले फूल नलिए पनि युवाहरूले उनीहरूको नजिकै राखिदिएका थिए। कतिपय प्रहरीले भने फूल लिएका थिए।
समातिएकामध्ये दुईलाई प्रहरीले राति नै छाडिदिएको छ भने माजिदलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको छ।

भर्खरै
लोकप्रिय
