वर्षा र पहिरोको जोखिमका कारण काठमाडौंबाट बाहिरिने सबै नाका बन्द

वर्षा र पहिरोको जोखिमका कारण काठमाडौंबाट बाहिरिने सबै नाका बन्द
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाहरू लगातारको वर्षा र पहिरोले पूर्ण रूपमा बन्द गरिएको छ।
  • नागढुङ्गा–मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो पहिरो खसेका कारण सवारी साधन पूर्ण रूपमा अवरुद्ध छन्।
  • वैकल्पिक मार्गहरू बन्द भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका र अन्य निर्णय लिइने प्रक्षिप्त छ।

काठमाडौँ- लगातारको वर्षा र पहिरोका कारण यात्रामा अत्यधिक जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएको छ।

नागढुङ्गा, साँगा र फर्पिङ हुँदै चल्ने लामो दुरीका सवारी साधनहरूलाई प्रहरीले रोक लगाएको छ। हिजो रातभर रात्रिकालीन बसहरू ठप्प पारिएकोमा आज बिहान पनि दिवाकालीन सवारी साधनहरूलाई बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुङ्गा–मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवतजावत पूर्ण रूपमा अवरुद्ध छ।

चितवनको केराबारी र तुइनखोलामा ठुलो पहिरो खसेका कारण यो मार्ग भएर यात्रा गर्न रोक लगाइएको हो। साथै, जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै अर्को सूचना जारी नभएसम्मका लागि गाडी गुड्न निषेध गरेको छ।

यसैगरी, बीपी राजमार्ग र हेटौँडा जोड्ने वैकल्पिक सडकहरू पनि बन्द अवस्थामा छन्। बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा बाढी आएको र मङ्गलटारमा लेदोसहितको पहिरो खसेकाले यात्रा रोकिएको छ।

उता फर्पिङ–फाखेल–सिस्नेरी सडकखण्डका साथै कान्ति लोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले गर्दा हेटौँडा पुग्ने यातायात सेवा समेत प्रभावित भएको छ।

मौसम र सडकको जोखिम विश्लेषण गरेर मात्रै कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे थप निर्णय लिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

तस्बिरहरूः

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…