मुस्ताङको ठिनी खोलामा समयअघि नै बन्यो मोटरेबल पुल

मुस्ताङको ठिनी खोलामा समयअघि नै बन्यो मोटरेबल पुल
+
-
देशसञ्चार AI सारांश
  • मुस्ताङको घरपझोङ गाउँपालिकामा ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ, जुन समयअगावै तयार भएको हो।

  • पुल तयार भएपछि मुस्ताङ सदरमुकामका विभिन्न वडाहरू जोड्ने चक्रपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ।

  • पुल निर्माणले मुक्तिनाथ दर्शन गर्न आउने पर्यटक र स्थानीय किसानहरूलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको यो पुल सम्झौता गरिएको निर्धारित समयभन्दा पहिले नै तयार भएको हो । आगामी साउन २० गतेभित्र काम सक्ने गरी दुई वर्षको लक्ष्यसहित निर्माण सुरु गरिए पनि निर्माण कम्पनीको सक्रियताका कारण समयअगावै काम सकिएको कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको तदारुकताले गर्दा घरपझोङ गाउँपालिकाका पाँचवटै वडालाई जोड्ने चक्रपथअन्तर्गतको यो पुल चाँडै सम्पन्न हुन सकेको हो ।

यससँगै यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको १० दशमलव पाँच किलोमिटर लामो घरपझोङ चक्रपथ सडकको काम पनि चालु आर्थिक वर्षमै सकिएको छ । अब मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने चक्रपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कुल ४ करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण भएको यो मोटरेबल पुल ३५ मिटर लामो र एक स्पानको छ । फुटपाथसहित यसको चौडाइ ८ दशमलव ४ मिटर रहेको छ । यसको निर्माण जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो । निर्माण कार्य पूरा भएपछि अब एक वर्षको परीक्षण अवधिसहित पुल कार्यालयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईले जानकारी दिए ।

पुल निर्माण भएसँगै मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकहरूलाई प्रसिद्ध ढुम्बा ताल अवलोकन गर्न निकै सहज भएको छ । यसका साथै ढुम्बा, स्याङ, सम्लेलगायतका गाउँका किसानहरूलाई आफ्ना कृषि उपजहरू सजिलै बजारसम्म पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीय बासिन्दा र पर्यटकहरूले आवतजावतमा ठुलो सास्ती भोग्नुपरेको थियो तर अब भने वर्षभरि नै ढुक्कसँग सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…