काठमाडौँ- काठमाडौँ महानगरपालिकाअन्तर्गतका प्रहरीहरू आजदेखि ड्युटीमा फर्किएका छन्। यही असार २७ गते मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि तीन जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो।
ट्राफिक कारवाहीका क्रममा विवाद भएको र त्यसलगत्तै नेपालीले आत्मदाहको प्रयास गरेपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। यो घटनापछि नगर प्रहरीले सडकमा पार्किङ भएका गाडिहरूलाई टहाउने कार्य पूर्ण रुपमा बन्द गरेका थिए।
गणेशको उचारका क्रममा वीर अस्पतालमा निधन भएपछि उनीहरूमाथि झनै आलोचना थपिएको थियो।
त्यसपछि सडकमा ननिस्कीएका नगर प्रहरी हिजो मंगलबारदेखि सडकमा निस्किएको भएपनि आजदेखि भने पूर्ण रुपमा ड्युटिमा खटिएका हुन्। आज केही प्रहरी न्युरोड क्षेत्रमा जथाभावि पार्किङ गरेको सवारी साधन हटाउँदै छन्।
तस्बिहरू:
तस्बिरहरू: आभास रञ्जित/ नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
