काठमाडौँ- न्याय परिषद्ले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा बिगो बराबरको रकम धरौटी बुझेर रिहा गर्न आदेश दिने न्यायाधीशलाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको छ।
बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश बासुदेव आचार्यलाई विशेष अदालत काठमाडौँको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
गत पुस महिनामा आचार्य र तेजनारायण पौडेलको इजलासले लामेछाने विरुद्ध कायम गरिएको बिगोमध्ये उनको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार बुझेर रिहा गर्न आदेश दिएको थियो।
मुद्दाका प्रतिवादीसँग दामाशाहीले हुने उनको भागको रकम बुझेर अदालतले रिहा गर्न हुने वा नहुने भन्ने विषयमा कानुनी वृत्तमा निकै ठूलो बहस भएको थियो।
जिल्ला अदालतले अस्वीकार गरेको रिहा गर्न आचार्य र पौडेलको इजलासले बिगो बराबरको धरौटी बुझेर लामिछानेलाई थुनामुक्त गर्न अनुमति दिएको थियो।
अदालतहरूमा अदालतहरूमा प्रत्येक दुई/दुई वर्षमा न्यायाधीशहरूको हेरफेर हुने भएपनि आचार्यलाई ल्याउनका लागि एक वर्षमै सरुवा गरिएको हो।
हाल विशेष अदालतको अध्यक्ष सुदर्शनदेव भट्ट छन्।


भर्खरै
लोकप्रिय
