
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट घरदैलो पदयात्रा अभियान सुरु गरेको छ। पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो।
न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने जनाइएको छ। सो पदयात्रामा पार्टीका उपसभापति डी पी अर्याल, बिराजभक्त श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको छ।
यसअघि रास्वपाले देशभर रवि लामिछाने माथि राजनैतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको थियो।