जरुरी छ !!

जरुरी छ !!
+
-

श्वास लिनुभन्दा पहिला श्वास छाड्न जरुरी छ

दुई विन्दुहरुको अन्तराल हो जिन्दगी
अस्तित्वको घडी अ-मृत टिकटिक छ ॥
ठिहीमा रूखभरि सुकेका पातहरु छन्
जरा बलियो बनाउन एक ठूलो हुरी जरुरी छ ।

सूर्य र महासागर फरक कदापि होइन है
दूर क्षितिजमा हेर, चुम्बन किन जरुरी छ
फ्याँकियो अनाम दोबाटोहरुमा अनादिदेखि
अब त केही पत्थरहरू देवता हुन जरुरी छ।

दिनमा उज्यालो छ, बादल छ, रात एक निशा
सबै पूरकहरू हुन थाहा पाउन जरुरी छ ।
प्रशंसित छन्, चिरञ्जीवी पनि हो अश्वस्थामा,
तर श्राप हो यो, तसर्थ एक समयमा मर्न जरुरी छ ।

बेहोस यो जिन्दगी, जिन्दगी नै हेरेर बाँचिदैन है
जिन्दगी पूरापूर बाँच्न मृत्युको मोह जरुरी छ ।
जित्दैनन् सबै युद्ध योद्धाहरुले, खै कृष्ण आज ?
बुद्ध नै जन्मनलाई पनि  कृष्णको हार जरुरी छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…