मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छः उपेन्द्र यादव

मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छः उपेन्द्र यादव
फाइल फोटो
+
-

देवदह – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताएका छन्।

उनले संविधान संशोधन तथा पुनर्लेखन, सङ्घीयतालाई मजबुत बनाउन तथा आमनागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउनुपर्नेमा जोड दिए।

पार्टीको लुम्बिनी प्रदेश समितिले आज रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधइमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले संविधानमा सबैको अपनत्व हुनेगरी परिमार्जन आवश्यक रहेको बताए।

‘जनसङ्ख्याका आधारमा भागेदारी चाहिन्छ, हरेक जातजाति, धर्म तथा सम्प्रदायले अपनत्व गर्ने संविधान आवश्यक छ,’ उनले भने।

उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकामा जोड दिए।

जेनजी आन्दोलनपछि भएको सम्झौता कार्यान्वयन नगर्ने षडयन्त्र भइरहेको भन्दै सम्झौता लागू गर्न उनले आग्रह गरे। ‘अहिलेको संसदीय व्यवस्था प्रणाली असफल भइसकेको छ, त्यसले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छ,’ उनले भने।

उनले अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने गरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकामा जोड दिए। रासस

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…