- एनसेलले डिजिटल जीवनशैली प्रोत्साहन गर्न हरेक दिन १०० एमबी नि:शुल्क डेटा अफरको योजना ल्याएको छ।
- ग्राहकहरूले एनसेल एपमा ‘बाय प्याक्स’ खण्डमा गएर दैनिक १०० एमबी डेटा एक्टिभेट गर्न सक्छन्।
- ‘प्ले एण्ड विन’ साप्ताहिक योजनामा उत्कृष्ट ३,४१० ग्राहकहरूले लिडरबोर्ड स्थानअनुसार डेटा बोनस पाउनेछन्।
काठमाडौं- एनसेलले आफ्ना ग्राहकहरूका लागि डिजिटल जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसेल एपमार्फत नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत ग्राहकहरूले अब दैनिक रूपमा १०० एमबी डेटा पूर्ण रूपमा नि:शुल्क प्राप्त गर्न सक्नेछन्। कम्पनीले ग्राहक अनुभव अभिवृद्धि गर्न र डिजिटल प्रविधिको प्रयोग बढाउन यो योजना ल्याएको हो।
यो नि:शुल्क डेटा सुविधा लिनका लागि एनसेलका सबै ग्राहकहरूले एनसेल एपभित्र रहेको ‘Buy Packs’ (बाय प्याक्स) खण्डमा गएर हरेक दिन १०० एमबी डेटा प्याक सुचारु गर्नुपर्ने हुन्छ। यसले ग्राहकहरूलाई एपका विभिन्न सुविधाहरू निःशुल्क अन्वेषण गर्न र इन्टरनेटमा सधैं जोडिरहन मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ।
एनसेल एप एकै ठाउँबाट रिचार्ज, डेटा खरिद, गेमिङ र अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सकिने डिजिटल प्लेटफर्म हो।
यसका साथै, एनसेलले ग्राहकहरूको संलग्नता बढाउन ‘प्ले एण्ड विन’ (Play and Win) नामक साप्ताहिक पुरस्कार योजना पनि सुरु गरेको छ। यस अन्तर्गत प्रयोगकर्ताहरूले एपमा दैनिक चेक-इन गर्ने तथा ‘स्पिन द ह्विल’, ‘म्याथ च्यालेन्ज’, ‘एनसेल रनर’ र ‘स्क्र्याच एण्ड विन’ जस्ता खेलहरू खेलेर अंकहरू संकलन गर्न सक्छन्।
हप्ताभरि संकलन गरिएको अंकका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने ३,४१० जना ग्राहकहरूले साप्ताहिक रूपमा डेटा बोनस पाउनेछन्।
साप्ताहिक पुरस्कारको वितरण लिडरबोर्डमा रहेको स्थान अनुसार गरिनेछ। जसमध्ये शीर्ष १० जनाले ५० जीबी, ११ देखि ६० स्थानकाले १० जीबी र ६१ देखि १६० स्थानसम्मकाले ५ जीबी डेटा प्राप्त गर्नेछन्।
त्यसैगरी १६१ देखि ४१० सम्मले १ जीबी, ४११ देखि ९१० सम्मले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्म आउने ग्राहकहरूले १०० एमबी डेटा पुरस्कार स्वरूप पाउनेछन्। एनसेलले यस योजनामार्फत डिजिटल पहुँचलाई थप आकर्षक र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
भर्खरै
लोकप्रिय
