नेपाल टेलिकमद्वारा ३जी सेवा बन्द गरी ४जीमा रूपान्तरण गरिँदै

नेपाल टेलिकमद्वारा ३जी सेवा बन्द गरी ४जीमा रूपान्तरण गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले ३जी सेवाको बन्द गरी ४जीमा रूपान्तरण गर्न कार्य अगाडि बढाएको छ।
  • ४जीमा सिम परिवर्तन गर्न टेलिकमले भ्वाइस कल र एसएमएसमार्फत ग्राहकहरूलाई जानकारी गराइरहेको छ।
  • ग्राहकहरूले नि:शुल्क रूपमा ४जी सिम प्राप्त गर्न आधिकारिक परिचयपत्र देखाई नजिकैको कार्यालय जान सक्नेछन्।

काठमाडौँ- नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो ३जी सेवालाई क्रमिक रूपमा बन्द गरी सो सेवालाई ४जीमा रूपान्तरण गर्ने कार्य अघि बढाएको छ यस प्रक्रियालाई तीव्र बनाउन कम्पनीले हाल ३जी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई ४जीमा थपघट गर्न प्रोत्साहन गरिरहेको छ

३जीको तुलनामा ४जी प्रविधिमा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा उल्लेख्य सुधार हुने भएकाले यसबाट ग्राहकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ

हाल ३जी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई सिम परिवर्तन गर्नका लागि नेपाल टेलिकमले भ्वाइस कल र एसएमएसमार्फत जानकारी गराइरहेको छ

सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई नि:शुल्क रूपमा ४जी सिममा रूपान्तरण गर्न सक्नेछन् यसका लागि ग्राहकले आफ्नो नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, वा सवारी चालक अनुमतिपत्र जस्ता आफ्नो पहिचान खुल्ने कुनै पनि आधिकारिक परिचयपत्र देखाई नजिकैको दूरसञ्चार कार्यालयबाट नयाँ ४जी सिम प्राप्त गर्न सक्नेछन्

आफ्नो सिम ४जी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि ग्राहकहरूले *444# डायल गर्न सक्नेछन् यसै प्रक्रियामार्फत ४जी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टे (VoLTE) सेवा पनि सहजै सुचारु गर्न सकिने कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन्

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…