संसदमा एमालेले भन्यो– ओली र लेखकलाई गलत ढंगबाट बन्दी बनाइयो

संसदमा एमालेले भन्यो– ओली र लेखकलाई गलत ढंगबाट बन्दी बनाइयो
फाइल फोटो
+
-

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गलत ढंगबाट सरकारले बन्दी गराएको आरोप लगाएको छ।

संसदको पहिलो बैठकमा आकस्मिक समय माग गर्दै एमालेका सांसद गुरु बरालले यस्तो बताएका हुन्। सरकारले ओली र लेखकलाई फौजदारी सम्बन्धि कसुरमा गलत ढंगबाट पक्राउ गरी बन्दी गराइएको उनले बताए।

उनले तत्काल उनीहरूको रिहाई गर्न मागसमेत गरेका छन्। साथै बारालले ओली र लेखको रिहाईको माग गर्दै सडक प्रदर्शन गर्दा प्रहरीबाट दमन भएको भन्दै आपत्तिसमेत जनाए।

उनले प्रदर्शनकाक्रममा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न माग गरे।

एमालेले बैठक सुरु हुनसाथ उठेर समय माग गरेको थियो। त्यसपछि सभाध्यक्ष अर्जुन नरसिंह केसीले बोल्नका लागि समय दिएका थिए।

बरालले भनाइ राखिसकेपछि अहिले बैठक जारी रहेको छ।

जेनजी आन्दोलनको छानिबिन गर्न बनेको न्यायीक आयोगको निर्णय कार्यान्वयन गर्ने भन्दै प्रहरीले चैत्र १४ गते उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउपछि ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् भने लेखक भने प्रहरी थुनामा रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…