काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गरे।
जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुन तिर्ने प्रतिज्ञा पनि गरे। पार्टी र सरकारले बोलेरभन्दा पनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उनको भनाइ छ।
उनले भने, ‘हामीले पाएको मत समर्थनको मत मात्र होइन परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। म गर्वका साथ भन्न सक्छु– हामीले बदल्न सुरू गरिसकेका छौँ। अब हामीले बोलेर मात्र हुँदैन। रास्वपाका हरेक माननीयहरूले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ।’
उनले सुशासनको सवालमा कुनै पनि सम्झोता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
भर्खरै
लोकप्रिय
