वन व्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना बन्ने

वन व्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना बन्ने
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाका जडीबुटी व्यवसायीहरू नयाँ पञ्चवर्षीय कार्ययोजना बन्न लागेको खबरले खुसी भएका छन्।
  • नयाँ कार्ययोजना बनेपछि जटामासी लगायत ५० भन्दा बढी जडीबुटीको निकासी समस्या समाधान हुने बताइएको छ।
  • नेचुरल रिसोर्सेस एण्ड इन्भारोमेण्टल म्यानेजमेन्ट सेन्टर प्रालिले राय संकलन गरी चाँडै कार्ययोजना निर्माण गर्न सुझाएको छ।

हुम्ला – हिमाली जिल्ला हुम्लावासीको आम्दानीको मुख्य श्रोतका रुपमा रहेको जडीबुटी व्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना बन्ने भएपछि ब्यापारी खुसी भएका छन्।

कार्ययोजना नबने कै कारण सङ्कलन भएको जडीबुटी निकासी गर्न अन्य जिल्लाको छुट पुर्जी लिनु पर्ने र कुहाउनु परि रहेको बेला नयाँ कार्ययोजना बन्ने निश्चित भएपछि जडीबुटी ब्यापारी खुसी भएका हुन।

आगामी वैशाख अन्तिम हप्तासम्म कार्ययोजना तयार हुने बताउँदै डिभिजन नव कार्यालयका प्रमुख महेश कुमाईले अव धेरै समस्या समाधान हुने बताए। यसका लागि कार्यालयले बाह्र लाख बजेटको व्यवस्था गरेको छ। कार्ययोजना तयार भएपछि नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा आउने र त्यसपछि हालको निकासी समस्याले समाधान पाउने बताउदै उनले त्यसपछि जटामासी मात्र बार्षिक तीन लाख चाली हजार केजी जिल्लाबाट निकासी गर्न सकिने जानकारी दिए।

जटामासी मात्र नभएर अन्य पचास भन्दा बढी जडीबुटीको निकासी समस्याले समाधान पाउने उनको भनाई छ। कार्ययोजना नभएको कारण बिशेष गरि जटामासी र कुट्की जिल्ला बाहिर निकासी गर्न कठिन भएको बेला नयाँ पञ्चबर्षीय कार्ययोजना बन्न निश्चित हुँदा निक्कै खुसी लागेको जडीबुटी व्यवसायी संङ्घ हुम्लाका अध्यक्ष राजबहादुर शाहीले बताए।

उक्त पञ्चवर्षीय कार्ययोजना निर्माणको जिम्मा पाएको नेचुरल रिशोर्ससेस एण्ड इन्भारोमेण्टटल म्यानेजमेन्ट सेन्टर प्रालिले आयोजना गरेको राय, सल्लाह र सुझाव सङ्कलन गर्न आयोजना गरिएको कार्यक्रममा जति सक्दो चाँडो कार्ययोजना निर्माण हुनु पर्ने उनले बताए।

यसका लागि प्राविका डाक्टर नागेन्द्र यादवको टोली जिल्लामा आएको थियो। अर्का जडीबुटी ब्यापारी छिरिङ लामाले यस पटक किसानले सङ्कलन गरेको जडीबुटी बिशेष गरि जटामासी र कुट्कीको सङकलन र छुट पुर्जी हुम्ला जिल्लाबाट नपाएको कारण केहीले छिमेकी जिल्लाबाट लिएर काम चलाएको भएपनि धेरैको कुहिएको बताए।

केहीले भने सुरक्षित राख्न सफल भएको बताउउै उनले छुट पुर्जी नभएको कारण पचासदेखि साठी क्वीन्टल जडीबुटी छिमेकी जिल्लाको पुर्जीबाट निकासी गर्नु परेको बताए। धेरै ब्यापारीका यसवर्ष छुट पुर्जी नपाएको कारण लगानी हालसम्म डुवेको गुनासो व्यापारीको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…