विगतमा मन्त्रालयका बन्द कोठामा सेटिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँः सञ्चारमन्त्री तिमिल्सिना

विगतमा मन्त्रालयका बन्द कोठामा सेटिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँः सञ्चारमन्त्री तिमिल्सिना
+
-

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियालिरहेको बताएका छन्।

विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाइ थियो।

शुक्रबार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकको राजनीति अब सङ्लिएको दाबी गर्दै उनले निष्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए।

उनले भने, ‘कहाँ कमी भएको छ, कहाँ के समस्या छ? कहाँ मिलाउनुपर्नेछ, कहाँ ठोकठाक पार्नुपर्नेछ, कहाँ कारबाही गर्नुपर्नेछ, हामी त्यही छामिरहेका छौँ। त्यही नियालिरहेका छौँ। त्यही हेरिरहेका छौँ। मन्त्रालयका बन्द कोठाहरुमा हामी कुनै पनि सेटिङ गरिहेका छैनौँ। सेटिङ गर्नेहरुलाई कसरी कारबाहीको दायरामा ल्याउने भनेर हेरिहेका छौँ। आज जनताले चाहेको त्यही हो।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…