सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बागमती प्रदेशमा ‘क्रेडिट प्रोटेक्शन’ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बागमती प्रदेशमा ‘क्रेडिट प्रोटेक्शन’ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • सन नेपाल लाइफ इन्स्योरेन्सले बागमती प्रदेशमा ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
  • अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेशका १३ जिल्लामा रहेका ३० शाखा तथा उपशाखाहरू परिचालन गरिए।
  • एकै दिन १२५ भन्दा बढी कार्यालयमा “क्रेडिट प्रोटेक्शन क्याम्पेन” सञ्चालन गरिएको जनाइएको छ।

काठमाडौं – ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशमा बृहत् जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

प्रदेश प्रमुख लोका माया अधिकारीको नेतृत्वमा प्रदेशभरका विभिन्न सहकारी संस्थाहरूमा पुगेर “क्रेडिट प्रोटेक्शन” (कर्जा सुरक्षा) सम्बन्धी सचेतना फैलाइएको हो।

यस अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका ३० वटा शाखा तथा उपशाखाहरू एकैसाथ परिचालन गरिएका थिए।

कार्यक्रम अन्तर्गत सहकारी मात्र नभई विद्यालय, कलेज, कन्सल्टेन्सी र पार्लरहरूमा समेत पुगेर बीमाको महत्त्व र वित्तीय सुरक्षाका बारेमा जानकारी गराइएको कम्पनीले जनाएको छ।

अभियानको मुख्य उपलब्धिको रूपमा एकै दिन १२५ भन्दा बढी कार्यालयहरूमा “क्रेडिट प्रोटेक्शन क्याम्पेन” सञ्चालन गरिएको थियो।

प्रदेश प्रमुख अधिकारीका अनुसार यस कार्यक्रमलाई सफल पार्न रिजनल प्रमुखहरू सनत सत्याल र मुरारी प्रसाद तिवारी, शाखा प्रमुखहरू, कर्मचारी तथा इन्स्योरेन्स एडभाइजरहरूको सक्रिय सहभागिता रहेको थियो।

बीमाप्रति जनविश्वास बढाउने र कर्जा लिने सदस्यहरूलाई पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर रहेका १४८ वटा शाखा तथा उपशाखामार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…