- जनक शर्मा पौड्याललाई स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अप्रिल २, २०२६ देखि नियुक्त गरिएको छ।
- पौड्यालसँग, नेपालका दुई ठूला वाणिज्य बैंकहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल अनुभव छ।
- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ‘ICRANP-IR AAA’ रेटिङ लगातार पाँचौँ वर्षसम्म प्राप्त गरेको छ।
काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले जनक शर्मा पौड्याललाई बैंकको नयाँ स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ।
सन् २०२६ मार्च ३१ मा बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अप्रिल २, २०२६ देखि लागू हुने गरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले पूर्व स्वतन्त्र सञ्चालक सिद्धार्थ राज पाण्डेको स्थान लिनेछन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय बैंक हो। यो बैंक लगातार पाँचौँ वर्षसम्म इक्रा नेपाल (ICRA Nepal) बाट ‘ICRANP-IR AAA’ रेटिङ प्राप्त गर्न सफल भएको छ, जसले यसलाई वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा नेपालकै सबैभन्दा सुरक्षित बैंकको रूपमा प्रमाणित गर्दछ।
बैंकले ५० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाउँदै विश्वव्यापी बैंकिङ समूहको रूपमा सेवा प्रदान गर्दै आएको छ।
भर्खरै
लोकप्रिय
