प्युठानकाे छेडाघाट बस्तीमा आगलागी हुँदा १३ घर-गोठ जलेर नष्ट (तस्बिरसहित)

प्युठानकाे छेडाघाट बस्तीमा आगलागी हुँदा १३ घर-गोठ जलेर नष्ट (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • ऐरावती गाउँपालिका-१ छेडाघाटमा आगलागीबाट १३ घरपरिवारका घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
  • आगलागी नियन्त्रणहेतु ३० जनाको टोलीसहित नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए।
  • प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

दाङ- प्युठानको ऐरावती गाउँपालिका- १, छेडाघाट बस्तीमा शनिबार राति भएको आगलागीबाट १३ घरपरिवारका घर तथा गोठ जलेर नष्ट भएका छन्। स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको प्रहरीले जनाएको छ।

आगलागीबाट देवानसिंह राना, विकास राना र लक्ष्म रानाका गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, इश्वरी रानाको कच्ची घर पूर्ण रूपमा जलेको छ।

रमेश घर्तीको एक घर र एक गोठ तथा ओमबहादुर रेश्मी मगरको एक घर र दुई गोठमा आगलागीबाट क्षति पुगेको छ। भुपाल रोकाको एक घर जलेर नष्ट भएको छ भने एक बाख्रा पनि जलेको छ। साथै, गुमा रजाली, बलबहादुर रजाली, झविन्द्र रजाली र घनबहादुर रानाका घर तथा गोठमा समेत आगलागीले ठूलो क्षति पुर्‍याएको छ।

देवबहादुर रजालीको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने डिला रजालीको गोठमा आंशिक क्षति पुगेको छ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरहरी अधिकारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा राति करिब ११ः४५ बजे सुरु भएको आगो बिहान ७ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…