रारामा झण्डै ८ वर्षदेखि अलपत्र टर्मिनल भवनः काठको टहराबाटै एयर ट्राफिक कन्ट्रोल सञ्चालन

रारामा झण्डै ८ वर्षदेखि अलपत्र टर्मिनल भवनः काठको टहराबाटै एयर ट्राफिक कन्ट्रोल सञ्चालन
+
-
देशसञ्चार AI सारांश

  • रारा विमानस्थलमा टर्मिनल भवन निर्माण कार्य समयमै पूर्ण नहुँदा हवाई सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ।


  • एयर ट्राफिक कन्ट्रोल काठको टहराबाट सञ्चालन गर्दा प्राविधिकहरूलाई अनेक समस्या झेल्दै जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन्।


  • यात्रीहरूको सुरक्षाजाँच अस्थायी संरचनामा हुँदै आएको छ भने पर्याप्त शौचालय सुविधा नहुँदा यात्रुहरू पीडित बनेका छन्।

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा विमानस्थलमा टर्मिनल भवन निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा हवाई सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको छ। झण्डै दुई दशकदेखि एयर ट्राफिक कन्ट्रोल काठको अस्थायी टहराबाटै सञ्चालन हुँदै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेशनल प्रालिबीच २०७६ साल असोज १६ गते टर्मिनल भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर, सम्झौता भएको करिब ८ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन। पटक–पटक गरी चार पटकसम्म म्याद थपिए पनि काम अझै अधुरै रहेको छ।

आयोजना प्रमुख महेश नेपालीले एक वर्षअघि तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने जिल्ला अनुगमन टोली संग प्रतिबद्धता जनाए पनि हालसम्म काम टुंगो लाग्न सकेको छैन। भवनको मुख्य संरचना तयार भए पनि फिनिसिङ, रंगरोगन, पानीको पाइप जडान लगायतका महत्वपूर्ण काम अझै बाँकी छन्। भने बिगत लामो समय देखि निर्माणको काम रोकिएको छ ।

हाल विमानस्थलको एयर ट्राफिक कन्ट्रोल काठको टहराबाट सञ्चालन गर्नुपर्दा प्राविधिकहरूलाई अनेक समस्या झेल्नुपरेको छ। विमानस्थल प्रमुख नवल किशोर चवानका अनुसार बाहिरी होहल्ला, वर्षा हुँदा आवाज नसुनिने, हावा चल्दा टहरा हल्लिने जस्ता समस्याबीच जोखिमपूर्ण अवस्थामा काम गर्नुपरेको छ।

यात्री सेवा पनि उस्तै कष्टकर छ। यात्रुहरूको सुरक्षा जाँच काठकै अस्थायी संरचनामा गरिँदै आएको छ भने पर्याप्त शौचालय सुविधा नहुँदा यात्रुहरू थप समस्यामा परेका छन्।

पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको रारा विमानस्थलमा आधारभूत पूर्वाधार नै अपूर्ण रहँदा सेवा प्रवाह प्रभावित भएको छ। सरोकारवाला निकायले समयमै निर्माण सम्पन्न नगर्दा स्थानीय तथा पर्यटक दुवै मारमा परेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…