अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि शुक्रबार राष्ट्रपति पौडेलले पहिलो पटक संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै विकास र समृद्धिको यात्रामा सबै राजनीतिक दल र राज्य संयन्त्रलाई एकजुट हुन आह्वान गरे।
समृद्धिको साझा लक्ष्य हासिल गर्न विगतका गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने र निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने भएकाले आशा जगाउने काम गर्न सरकारलाई उनले सुझाव दिए।
संसद्को चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुँदै छ।

भर्खरै
लोकप्रिय
