‘सरकारको अन्याेलपूर्ण निर्णयले काम गर्ने वातावरण मिलाउन समस्या’

‘सरकारको अन्याेलपूर्ण निर्णयले काम गर्ने वातावरण मिलाउन समस्या’
+
-
देशसञ्चार AI सारांश
  • सरकारको अस्पष्ट निर्णयले स्वास्थ्यकर्मीहरु अन्यौलमा परेका छन्, जसले काम गर्ने वातावरणमा समस्या सिर्जना गरेको छ।
  • पत्रकार चौधरीले अस्पतालको विदा र स्वास्थ्य मन्त्रालयको निर्णयबीचको अन्यौलताले स्वास्थ्य सेवा प्रभावित भएको बताए।
  • बालिकामाथिको दुर्व्यवहार प्रकरणले अस्पतालको वातावरणको तनाव र प्रशासनिक अस्पष्टताको मुद्दालाई उजागर गरेको छ।

माेरङ – सरकारको अन्यौलपूर्ण निर्णयले स्वास्थ्यकर्मीहरु अन्यौल बन्दै गएको कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डिेन्ट डा. रामनारायण चौधरीले गुनासो गरेका छन्।
साताको दुईदिन विदा दिने सरकारको पछिल्लो अन्यौलपूर्ण निर्णयले काम गर्ने वातावरण मिलाउन समस्या परेको उनले बताए।

राजपत्रमा अंकित विदा र सरकारले गरेको निर्णय कुनलाई आधारमानेर अस्पताल अघि बढाउने भन्नेमै अझैपनि आफूहरु अन्यौलमा रहेको मेसु चौधरीको भनाई छ। उनले भने, ‘बिहीबार बेलुकासम्म स्वास्थ्य मन्त्रालयले प्रष्ट निर्णय दिइसकेको छैन। अहिले दुई दिने विदाको कुरा छ। फेरि कहिले आइतबार आधादिनको विषय। यस्तो अवस्थामा कसरी अस्पतालका विरामीलाई उपचार सेवा दिलाउने हामी पनि अन्यौलमा छौ। अस्पतालमा कार्यरत चिकित्सकहरुपनि अन्यौलमा रहेका छन्।’

सरकारको अस्पस्टताका कारण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी पीडित हुने अवस्थामा पुगेको बताएका मेसु डा. चौधरीले सरकारका कारण कार्यरत चिकित्सकहरुमा मानसिक समस्या देखिन सक्ने त्रास रहेको उल्लेख गरे। मेसु डा. चौधरीको भनाईले बिहीबार अस्पतालमा भएको एक घटनातर्फसमेत संकेत गरेको थियो। बिहीबार अस्पतालको दन्त उपचारका लागि पुगेकी विराटनगर पोखरियाकी ६ वर्षीया बालिकामाथि दुब्र्यवहार भएको सामाजिक सञ्जालमा आएको थियो।

बालिकाकी बुवा विक्रम कार्कीले दात फुकाल्न अस्पताल पुगेकी छोरीमाथि दन्त चिकित्सक डा. निमिसा दासले दुब्र्यवहार गरेको आरोप लगाएका थिए। उनका अनुसार दात फुकाल्ने क्रममा रोइकराई गरेकी बालिकालाई बालिकाकै आमाअघि डा. दासले झापड प्रहार गरेकी थिइन्। बुधबार अस्पतालमा पुगेकी स्वास्थ्य मन्त्री निशा मेहताले सुशासनसंगै स्वाथ्य उपचारमा सहजता दिन अस्पताललाई आग्रह गरेकी थिइन्। त्यसको भोलीपल्टनै बालिकामाथि सो घटना भएको हो। बालिकाकी बुवा कार्कीले भने, ‘बालिकाले दात फुकाल्न गाह्रो माने रोइकराइ गरे फकाउन सकिने थियो वा अर्को चिकित्सक बोलाउन सकिन्थ्यो। तर हातनै लगाउनुपर्ने किन ? झर्को मान्नुपर्ने किन ? डाक्टरले विरामीलाई उपचार सेवा दिने हो।’

घटना भइसकेपछि कार्कीले मेसु चौधरीलाई जानकारी दिने प्रयास गरेको बताए। घटनामा संलग्न डा. दासलाई राखेर संवाद गर्न मेसुसमक्ष पुगेका उनले भने, ‘घटनाबारे जानकारी दिने प्रयास गरेको थिए। तर मेसु मिटिङ भन्दै सुरुमा आनाकानी गरे। त्यसपछि, मेसुले घटनालाई निगरानी राख्ने बताएका थिए। यस्तो अवस्थाले कसरी विरामीले सहज उपचार पाउलान ? हामी सबै विराटनगरकै हौ। अस्पताललाई सरसहयोग गरिरहेका मानिस हौ। तर, उहाँहरुको कता के तनाव हुन्छ त्यसको उपचार यसरी विरामीमाथि पोख्न मिल्छ ?’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…