- साओमीको नयाँ रेड्मी ए-सेभेन नेपाली बजारमा कम मूल्यमा उत्कृष्ट डिजाइन र उच्च कार्यक्षमतासहित सार्वजनिक भएको छ।
- यस फोनमा ६.८८ इन्चको एलसिडी डिस्प्ले, ५२००mAh ब्याट्री, र फास्ट चार्जिङका साथै सुरक्षा सुविधाहरू रहेका छन्।
- रेड्मी ए-सेभेन तीन रङमा उपलब्ध छ र १५,९९९ रुपैयाँको मूल्यमा दुई वर्षको वारेन्टीसहित बजारमा आएको छ।
काठमाडौँ- विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो नयाँ इन्ट्री लेभल स्मार्टफोन रेड्मी ए-सेभेन (A7) आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।
उत्कृष्ट डिजाइन र उच्च कार्यक्षमताका साथ आएको यो स्मार्टफोन विशेषगरी कम मूल्यमा राम्रो फिचर्स खोज्ने प्रयोगकर्ताहरूका लागि लक्षित गरिएको हो ।
यो स्मार्टफोनमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्ले रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्दछ । प्रयोगकर्ताको आँखाको सुरक्षाका लागि यसमा ‘डिसी डिमिङ’ प्रविधि जडान गरिएको छ ।
१९३ ग्राम तौल भएको यस फोनमा ५२००mAh को शक्तिशाली ब्याट्री र १५ वाटको फास्ट चार्जिङ सुविधा उपलब्ध छ । सुरक्षाका लागि यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता सुविधाहरू दिइएको छ ।
क्यामेराको कुरा गर्दा, रेड्मी ए-सेभेनमा १३एमपीको मुख्य क्यामेरा र ८एमपीको सेल्फी क्यामेरा रहेको छ, जसले कम उज्यालोमा पनि उत्कृष्ट फोटो खिच्न सहयोग पुर्याउँछ ।
३जीबी र्याम र ६४जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनमा र्यामलाई ६जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा समेत रहेको छ । साथै, यसमा ३.५ मिमीको हेडफोन ज्याक पनि उपलब्ध छ ।
नेपाली बजारमा यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल गरी तीन आकर्षक रङहरूमा उपलब्ध गराइएको छ ।
कम्पनीले यस स्मार्टफोनको मूल्य रु. १५,९९९ तोकेको छ र यसमा ग्राहकहरूले दुई वर्षको वारेन्टी समेत पाउनेछन् । स्लिक र परिष्कृत डिजाइनले यस फोनलाई प्रिमियम लुक प्रदान गरेको छ ।
भर्खरै
लोकप्रिय
