अ
+
अ
अ
-
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा भएको पत्थरीको आज शल्यक्रिया गरिँदै छ।
त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया हुन लागेको हो। अस्पतालका सूचना अधकारी कालीप्रसाद रोसयराकाअनुसार ओलीलाई शल्यक्रियाका लागि पौने ११ बजे शल्यक्रिया कक्षमा लगि सकिएको छ।
उनकाअनुसार डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्याक्रिया गर्नेछ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।
उनी जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको सिफारिसअनुसार चैत्र २४ गते पक्राउ परेका थिए। तर उनलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएअनुसार चैत २६ गते छुटेका थिए।
यद्यपि उनी पक्राउ परेलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको हालसम्म अस्पतालमै राखिएको थियो।
भर्खरै
लोकप्रिय
