अमेरिका–इरान युद्धले खाडीमा बिथोलेको नेपालीको जीवन

‘…त्यो दिन रातभर सुत्न सकिनँ’ ( भिडियो )

‘…त्यो दिन रातभर सुत्न सकिनँ’ ( भिडियो )
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका-इजरायल र इरानबीचको विवादमा इरानले खाडी मुलुकका अमेरिकी सैन्य क्याम्पमाथि प्रतिआक्रमण गरिरहेको छ।
  • युएईमा रहँदा नेपाली कामदारहरू इरानी आक्रमणका कारण अत्यधिक प्रभावित भई स्वदेश फर्किन बाध्य भैरहेका छन्।
  • युद्धका बीच चन्द्र सिर्पाइलीले युद्ध थामिएसँगै अन्तर्राष्ट्रिय उडानको फाइदा उठाएर नेपाल फर्कने निर्णय गरे।

काठमाडौँ– अमेरिका-इजरायल र इरानबीचको युद्ध चर्किएको डेढ महिना भयो। गएको २८ फेब्रुअरीदेखि अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले इजरायलसहित खाडी मुलुकका विभिन्न अमेरिकी सैन्य क्याम्पमा प्रतिआक्रमण सुरु गरेको थियो।

इरानको आक्रमणबाट युएई पनि प्रभावित भएको छ। यस कारण रोजगारी खोज्दै युएई पुगेका नेपालीहरू पनि प्रभावित भएका छन्। दैनिक विस्फोट हुने मिसाइलले नेपालीको सपना बिगारिरहेको छ।

युद्धका कारण काम छाडेर वा बिदा लिएर स्वदेश फर्किने नेपालीहरू बढिरहेका छन्। यसमध्ये एक हुन् चन्द्र सिर्पाइली। उनी युएईको राजधानी आवुधावीस्थित एक विमानस्थलमा कार्यरत रहेका थिए।

उनी पुगेको करिब एक वर्ष भएको थियो। युद्ध चर्किएपछि उनी महिना दिनलाई बिदा लिएर स्वदेश फर्किएका छन्। दुई हप्ताका लागि अमेरिका-इरान युद्ध रोकिएको समयमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि उनी त्यसकै मौका छोपी स्वदेश फिर्ति भएका हुन्।

जबदेखि अमेरिकाले इरानमाथि आक्रमण गर्‍यो, त्यसलगत्तै इरानले युएईमाथि पनि आक्रमण सुरु गरेको थियो। त्यसको साँची भएर फर्किएका छन्, सिर्पाइली पनि।

२८ फेब्रुअरीमा काम सकेर कोठा फर्किएपछि एक्कासी मोबाइलमा बजेको साइरनले उनी कम्ता त्रसित भएका थिएनन्। मोबाइलमा आएको एसएमएसमा इरानबाट मिसाइल आइरहेको जानकारी गराइएको थियो भने सुरक्षित रहन पनि भनिएको थियो।

मोबाइलमा साइरन बजेको केही मिनेटमै घर थर्काउने गरी मिसाइल आएको उनले प्रत्यक्ष देखे। ‘यहाँ नेपालमा त मिसाइल भन्ने देखेको हुँदैन नि। त्यहाँ त मिसाइल आउँदा घर नै थर्किने र झ्यालहरू थर्किने भएको थियो’, उनले सुनाए।

२८  फेब्रुअरीको रात आक्रमण र प्रतिआक्रमणका कारण आफू रातभर निदाउन नसकेको बताउँछन्।

प्रस्तुत छ, युएईमा उनले डेढ महिना भोगेको ती दिनसँग सम्बन्धित रहेर गरिएको भिडियो कुराकानी।

भिडियो:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…