नयाँ वर्षको शुभकामना दिँदै ज्ञानेन्द्रले भने- पराधीनताबाट देशलाई जोगाउनु छ

+
-
देशसञ्चार AI सारांश
  • ज्ञानेन्द्र शाहले विगतका त्रुटिहरू सच्याउँदै संवाद र सहमतिबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
  • उनले देश चौतर्फी समस्यामा रहेको र सही नेतृत्व र स्रोतको उपयोगले देशलाई लयमा फर्काउन सक्छ भनेका छन्।
  • पूर्वराजाले आन्तरिक सुरक्षा र नागरिकका अधिकारप्रति सरकारलाई ध्यान दिन आग्रह गर्दै युवाको सहभागितालाई सकारात्मक भनेका छन्।

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै  विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान खोज्न दृढसंकल्पित हुनुपर्ने बताएका छन्।

उनले सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना भिडियो सार्वजनिक गर्दै भनेका छन्- व्यक्तिमात्र बदलेर देश बदलिने रहेनछ भन्ने पाठ हामी सबैलाई मिलेको छ।

उनले राजनीति, राज्यपद्धति र शासनप्रणालीको हेरफेर कोरा परिवर्तनमात्र भएको उल्लेख गर्दै देश चौतर्फी समस्याको चाङमा रहेको बताएका छन्।

उनले राजनीति र राज्य सञ्चालनका गतिविधिमा युवापिँढीको सहभागिता बढ्नु भने राम्रो भएको भन्दै रास्वपाको पछिल्लो जितलाई पनि संकेत गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले आन्तरिक सुरक्षा प्रणालीको दृष्टिकोणले देश नाजुक भएको उल्लेख गर्दै जीउधनको सुरक्षा गर्नु र जीवन जिउने अधिकार दिनु सरकारको कर्तव्य रहेको पनि बताए। ‘आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक र भौतिक त्रास, पीडा या अभावको अनुभव गर्नु नपरोस्,’ उनले भने।

उनले राजनीतिमा निषेध हुनु नहुने उल्लेख गर्दै देशका समस्याहरूको संवैधानिक समाधान खोज्न पनि सर्वसाधारणहरूसँग आग्रह गरेका छन्।

त्यस्तै, उनले देश सनातन पहिचानबाट अविचलित हुनुपर्ने पनि बताए। उनले भने- सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन्।

उनले आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने वस्तुको खोजी गर्नुपर्ने पनि बताएका थिए।

उनले भने-  ‘पराधीनताबाट देशलाई जोगाउनु छ।’

पूर्वराजा शाहले देशको स्रोतको सही उपयोग भएमात्र देश लयमा फर्कने पनि उल्लेख गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…