टिकटकद्वारा २०२५ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक, नेपालमा १९ लाखभन्दा बढी भिडियो हटाइए

टिकटकद्वारा २०२५ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक, नेपालमा १९ लाखभन्दा बढी भिडियो हटाइए
+
-
देशसञ्चार AI सारांश
  • टिकटकले २०२५ चौथो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने १९ लाख ३२ हजार ५७५ नेपाली भिडियो हटाएको छ।
  • विश्‍वभर १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाइएकोमा १५ करोड २५ लाखभन्दा बढी अटोमेटेड डिटेक्सनले हटाइयो।
  • प्रतिवेदनले एआई-आधारित प्रणाली सुधार र कमेन्टको पहुँच घटाउने रणनीतिले मोडरेशनमा प्रभाव देखाएको बताउँछ।

काठमाडौँ – टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित र सकारात्मक डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुरुप सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ ।

यस प्रतिवेदनले प्लेटफर्मको नियम उल्लङ्घन गर्ने सामग्री र खाताहरूमाथि गरिएको कारबाहीको विस्तृत विवरण प्रस्तुत गरेको छ ।

नेपालको सन्दर्भमा, टिकटकले यस अवधिमा मात्रै कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका कुल १९ लाख ३२ हजार ५७५ भिडियोहरू हटाएको छ ।

नेपालमा कन्टेन्ट हटाउने सक्रियता निकै उच्च देखिएको छ, जहाँ ९९.९% भिडियोहरू टिकटक आफैले सक्रिय रूपमा पहिचान गरी हटाएको थियो भने त्यसमध्ये ९८.४% भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।

विश्वव्यापी रूपमा टिकटकले यस त्रैमासिकमा कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५% हो ।

हटाइएकामध्ये १५ करोड २५ लाखभन्दा बढी भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिमार्फत हटाइएको थियो भने समीक्षापछि ८३ लाख ६० हजारभन्दा बढी भिडियोहरू पुन:स्थापना गरिएका थिए । यसका साथै, प्लेटफर्मको विश्वसनीयता कायम राख्न १४ करोड ७७ लाखभन्दा बढी नक्कली खाताहरू र १३ वर्षमुनिका हुनसक्ने आशंका गरिएका करिब २ करोड ३८ लाख खाताहरू पनि हटाइएको छ ।

यस पटकको प्रतिवेदनले टिकटकको मोडरेशन रणनीतिमा केही परिवर्तनहरू पनि संकेत गरेको छ। एआई-आधारित प्रणालीमा भएको सुधारका कारण पुराना उल्लङ्घनकारी सामग्री हटाउने क्षमता बढेको छ ।

साथै, आपत्तिजनक कमेन्टहरू सिधै हटाउनुको साटो तिनीहरूको पहुँच घटाउने (demote) रणनीति अपनाइएकाले कमेन्ट हटाउने दरमा कमी आएको छ ।

हटाइएका सामग्रीहरूमध्ये २१.२% संवेदनशील वा वयस्क विषयवस्तुका थिए भने बाँकी सुरक्षा, गोपनीयता, भ्रामक सूचना र एआई-निर्मित सामग्री (AIGC) सँग सम्बन्धित रहेका थिए ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…