नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा स्याटेलाइटमार्फत सेवा विस्तार, ३८ स्थानमा पुग्यो पहुँच

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा स्याटेलाइटमार्फत सेवा विस्तार, ३८ स्थानमा पुग्यो पहुँच
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले भीस्याट र स्याटेलाइट प्रविधिमार्फत दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको छ।
  • हालसम्म देशका ३८ स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराउँदै चार नयाँ स्थानमा सेवा विस्तार गरिएको छ।
  • पुराना उपकरण बदल्दै अप्टिकल फाइबरको विस्तार गरी सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्ने कार्य भइरहेको छ।

काठमाडौं– नेपाल टेलिकमले देशका अति विकट तथा दुर्गम क्षेत्रमा सञ्चार पहुँच पुऱ्याउने उद्देश्यका साथ भीस्याट र स्याटेलाइट प्रविधिमार्फत सेवा विस्तारलाई तीव्रता दिएको छ।

कम्पनीले हालसम्म देशका विभिन्न ३८ दुर्गम स्थानमा स्याटेलाइटमा आधारित जीएसएम मोबाइल सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ। यसै आर्थिक वर्षमा मात्र डोल्पाको कुगाउँ र निजाल, दोलखाको ना-गाउँ र रसुवाको चन्दनबारी गरी चार नयाँ स्थानमा सेवा विस्तार गरिएको छ।

टेलिकमका अनुसार भौगोलिक रूपमा विकट मानिने डोल्पा जिल्लामा सबैभन्दा बढी १४ वटा यस्ता साइटहरू सञ्चालनमा रहेका छन्।

यसका साथै हुम्ला र मुगुका पाँच-पाँच स्थान, मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका विभिन्न विकट बस्तीहरूमा स्याटेलाइट प्रविधिमार्फत टुजी जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा उपलब्ध गराइँदै आएको छ।

ती क्षेत्रमा उपकरण पुऱ्याउन कम्पनीले हेलिकप्टरको समेत प्रयोग गर्दै आएको छ।

व्यावसायिक लाभभन्दा पनि ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने नारालाई सार्थक बनाउन न्यून जनसंख्या भएका क्षेत्रमा यो सेवा प्रदान गरिएको कम्पनीको भनाइ छ।

हाल यी साइटहरूलाई व्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत स्तरोन्नति गर्ने र अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत सुरक्षित एवं भरपर्दो डाटा सेवा सुनिश्चित गर्ने कार्य पनि भइरहेको छ।

पुराना उपकरणहरूलाई आधुनिक राउटरमा परिवर्तन गर्ने र वैकल्पिक लिंकहरूको व्यवस्था गरी सेवालाई थप प्रभावकारी बनाउन लागिएको प्रवक्ता सोभनमान मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…