अन्तर्वार्ता:

विस्थापित सुकुम्बासीको व्यवस्थापनबारे के छ सरकारको तयारी?

+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँको थापाथली, गैरीगाउँ लगायतका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि १ हजार १६२ घरधुरी विस्थापित भए।
  • विस्थापितमध्ये ६८२ मानिसलाई अझै बस्ने ठाउँ छैन, जसमा ४८१ जनालाई होटलमा र १४७ जनालाई कीर्तिपुरमा राखिएको छ।
  • सरकारले अब काठमाडौँका अन्य सुकुम्बासी बस्तीहरूमा डोजर चलाउदैँछ र व्यवस्थापनको तयारी जारी छ।

काठमाडौँ– शनिबार, आइतबार, सोमबार र मंगलबार चार दिनसम्म काठमाडौँका थापाथली, गैरीगाउँ, शान्तिनगर र थापाथली बस्तीमा  सरकारले डोजर चलायो। सरकारको तथ्यांकअनुसार त्यहाँबाट १ हजार १ सय ६२ घरधुरी विस्थापित भए। तर विस्थापित घरधुरीको संख्या यो भन्दा धेरै रहेको अनुमान भइरहेको छ। 

जो विस्थापित भए र अन्यत्र बास बनाउन सके उनीहरू गइहाले। जो जान सकेनन्, उनीहरू अहिले सरकारको शरणमा आश्रय लिइरहेका छन्। अहिले आश्रय लिइरहेका ६ सय २८ जनामध्ये ४ सय ८१ जनालाई विभिन्न होटलमा राखिएको छ। १ सय ४७ जनालाई कीर्तिपुरस्थित राधास्वामी सत्संगको भवनमा राखिएको छ। 

फेरि सरकारले बुधबार सूचना जारी गरेर काठमाडौँका अन्य सबै सुकुम्बासी बस्तीमा डोजर चलाउने बताइसकेको छ र बस्ती खालि गर्न भनेको छ।

आज हामीले यसअघि बस्ती भत्काउँदा विस्थापितहरूको व्यवस्थापन कसरी गरिएको छ? कहिले स्थायी व्यवस्थापन गरिन्छ? अब बस्ती भत्काउँदा विस्थापित हुनेहरूलाई कसरी व्यवस्थापन गर्ने तयारी छलगायत विषयमा विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन गरिरहेको सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद मैनालीसँग संक्षिप्त कुराकानी गरेका छौँ।

प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

काठमाडौँका थापाथली, गैरीगाउँ, मनोहरालगायत सुकुम्बासी बस्ती डोजर हानेको हप्ता दिन पुग्न लाग्यो। त्यहाँबाट विस्थापित भएकाहरूलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ?

अहिले खालि गराएका बस्तीबाट हाम्रो सम्पर्कमा आएका ११६२ घरधुरी हुन् जसमध्ये बस्ने ठाउँ छैन भन्नेहरूको संख्या ६८२ छ। त्यसमध्ये होटलमा ४८१ र कीर्तिपुरस्थित राधास्वमी सत्संगमा १४७ जनालाई राखिएको छ।

अरु चाहीँ आ-आफ्नो आफन्तमा वा आफै व्यवस्थापन गर्नुभएको छ।

राधास्वामीमा बस्नेहरूलाई खानपिनको व्यवस्था काठमाडौँ महानगरले गरेको छ। बाँकी होटलमा बसेकालाई मन्त्रालयबाट समन्वय भइरहेको छ।

कतिवटा होटलमा राखिएको छ अहिले?

कतिवटा होटलमा भन्ने संख्या चाहीँ मलाई ठ्याक्कै थाहा छैन। साथीहरूले समन्वय गरिरहनुभएको छ।

अहिले व्यवस्थापनका लागि केही समस्याहरू देखिएको छ कि छैन?

अहिलेसम्म त्यस्तो समस्या खास आएको छैन।

कति दिनसम्म होटलमा राख्ने तयारी छ?

जतिसक्यो हामी व्यवस्थापनका लागि तयारीमा छौँ। त्यसका लागि को वास्तविक सुकुम्बासी हुन्, को होइनन् भन्ने भेरिफाइ भइरहेको छ। हामी जति सक्दो चाँडो भनेर दुई/तीन वटा समिति बनाएर भेरिफाइ गर्ने र विवरण लिने काम गरिरहेका छौँ।

सुकुम्बासीलाई स्थायीरुपमा कहाँ राखिने हो?

त्यो अझै पनि निश्चित भइसकेको छैन। छलफल भइरहेको छ अब कहाँ राख्ने भनेर।

भोलि (शुक्रबार)देखि काठमाडौँका अन्य सुकुम्बासी बस्तीमा पनि डोजर चलाउने सूचना आइसकेको छ। त्यहाँबाट विस्तापितलाई पनि होटलमा राख्ने कि कहाँ?

अहिलेसम्म कहाँ राख्ने भन्ने छलफल भइरहेको छ। ठ्याक्कै यहीँ राख्ने भन्ने निश्चित भइसकेको छैन। भोलि वा आजे बेलुकासम्म तय भइसक्छ।

सरकारले आश्रय दिनुपर्ने कुनै संख्याको अनुमान छ?

त्यस्तो अनुमान त छैन अहिले।

संख्या नै नहुनु भनेको त पूर्व तयारीविनै डोजर चलाउन थालिएको भन्ने बुझियो नि !

होइन अब पूर्व तयारीविना के भन्नु। अब सूचना जारी भएको छ, त्यो तयारी नै हो। अहिले पनि त हामीले जुन खाली गरायौँ नि त्यहाँको कूल संख्या त निकै ठूलो थियो। तर बस्ने ठाउँ छैन भनेर सानै आयो। त्यसकारण भोलिसम्म कति हुन्छ भन्ने ठ्याक्कै त अहिले भन्न गाह्रो हुन्छ।

अडियो कुराकानी– 

यो पनि पढ्नुहोस्

काठमाडौँ महानगरले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीलाई खाना खुवाउन छाड्यो

काठमाडौँ महानगरले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीलाई खाना खुवाउन छाड्यो

आधारभूत सेवाकै अभावमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी

आधारभूत सेवाकै अभावमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…