हुम्लामा जनता आवासका घर रित्तै, पहुँचका भरमा लाभग्राही छनोट हुँदा सरकारी लगानी बालुवामा पानी

हुम्लामा जनता आवासका घर रित्तै, पहुँचका भरमा लाभग्राही छनोट हुँदा सरकारी लगानी बालुवामा पानी
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाको सर्केगाड गाउँपालिका–१ मा निर्माण गरिएका ४१ नयाँ घरहरू लाभग्राहीहरू नबसेपछि प्रयोगविहीन बनेका छन्।
  • लाभग्राहीहरूको आफ्नै कल्खे गाउँमा पहिले नै घरहरू भएका कारण नयाँ आवासमा बस्न नचाहेको देखिएको छ।
  • स्थानीयले वास्तविक आवश्यकताको पहिचान नगरी योजना सञ्चालन गर्दा सरकारी लगानी खेर गएको आरोप लगाएका छन्।

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका–१, तुम्कको तल्तडीमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएका ४१ वटा नयाँ घरहरू हाल प्रयोगविहीन अवस्थामा रहेका छन्

सुरक्षित आवासको आवश्यकता भएका वास्तविक परिवारका लागि भन्दै निर्माण गरिएका यी घरहरूमा लाभग्राहीहरू नबसेपछि यो बस्ती अहिले सुनसान बनेको छ स्थानीय जग मल्लका अनुसार, आवश्यकताभन्दा पनि पहुँच र भनसुनका आधारमा लाभग्राही छनोट गरिएका कारण लक्षित वर्गका स्थानीयहरू ती घरमा नबसेका हुन्

अदानचुली गाउँपालिका–१, कल्खेका स्थानीय बासिन्दाका लागि निर्माण गरिएका यी घरहरूमध्ये हालसम्म सात जना मात्रै त्यहाँ बसोबास गरिरहेका छन्

प्रतिघर साढे तीन लाख रुपैयाँको लगानीमा निर्माण गरिएका यी तीन कोठे भवनहरूमा जस्तापाताको छानो र शौचालय समेतको व्यवस्था गरिएको छ

यति ठूलो लगानी भए तापनि लाभग्राहीहरू नबस्दा घरहरू जीर्ण बन्ने अवस्थामा पुगेका छन् लाभग्राहीहरूको आफ्नै कल्खे गाउँमा पहिले नै घरहरू भएको र नयाँ आवासमा पशुवस्तु राख्ने पर्याप्त स्थान नभएका कारण उनीहरू त्यहाँ सर्न नचाहेको देखिएको छ

कानुनी व्यवस्था अनुसार जग्गा भएका तर घर निर्माण गर्न नसक्ने विपन्न परिवारलाई लाभग्राहीका रूपमा छनोट गर्नुपर्ने प्रावधान छ तर, हुम्लामा भने पर्याप्त अध्ययन नै नगरी बजेट सिध्याउने उद्देश्यले मात्र योजना सञ्चालन गरिएको आरोप लागेको छ

सर्केगाड गाउँपालिका–१ का वडा सदस्य उज्जन मल्लका अनुसार, वास्तविक आवश्यकताको पहिचान नगरी पहुँचवालालाई समेटिएकाले सरकारी लगानी खेर गइरहेको छ उनले आगामी दिनमा आवासको वास्तविक अभाव भएका लक्षित वर्गलाई मात्र छनोट गर्न सरोकारवाला पक्षलाई सुझाव समेत दिएका छन्

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…