नेपालले पनि भारतको सीमा मिचेको छ: प्रधानमन्त्री शाह

नेपालले पनि भारतको सीमा मिचेको छ: प्रधानमन्त्री शाह
+
-
देशसञ्चार AI सारांश
  • प्रधानमन्त्री शाहले नेपाल र भारतको सीमा अतिक्रमणको समस्या समाधान गर्न दुवै देशसँग संवाद भइरहेको बताए।
  • नेपाल सरकारले लिपुलेक र लिम्पियाधुरा विवादका लागि भारतलाई कूटनीतिक नोट पठाएर जवाफ प्राप्त गरिसकेको छ।
  • विवादको समाधान इतिहासविद्, सर्भेयर, भूमिसम्बन्धी जानकारका साथ टेबल टकमार्फत खोज्ने पहल भइरहेको छ।

काठमाडौँ प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका छन्। आइतबार संसदमा सांसदहरुले उठाएका सीमा विवाद सम्बन्धी प्रश्नको जवाफ दिँदै दुई देशले एक अर्काको सीमा अतिक्रण गरेको बताएका हुन्।

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताएका हुन्। उनले भने, ‘मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’

प्रधानमन्त्री शाहले लिम्पियाधुरा लिपुलेक सीमा विवादको समस्या समाधान गर्न सरकारले दुवै देशसँग संवाद गरिरहेको जानकारी दिए।

प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुरा विवादबारे नेपाल सरकारले भारत सरकारलाई आधिकारिक रूपमा कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ समेत आइसकेको जानकारी दिए।

भारतबाट प्राप्त जवाफमा दुवै देशका इतिहासविद्, नापी अधिकारी (सर्भेयर) र भूमिसम्बन्धी जानकारहरूलाई राखेर वार्ता (टेबल टक) मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको बताए।

सीमा विवाद समाधानमका लागि भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत छलफल गरिएको बताए।

शाहले भने, ‘यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। त्यो जवाफमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविद्हरू राखेर, आफ्नो सर्भेयरहरू राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर, इङ्गल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि, यसमा चाहिँ इङ्गल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…