ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले पनि भारतको भूमि मिचेको भन्नु राष्ट्रघात हो: नेकपा

ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले पनि भारतको भूमि मिचेको भन्नु राष्ट्रघात हो: नेकपा
+
-
देशसञ्चार AI सारांश
  • नेकपाका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्री शाहको भनाइलाई राष्ट्रघाती र ऐतिहासिक तथ्यलाई तोडमोड गरेको आरोप लगाएका छन्।
  • नेपालको सिमामा भोगचलन र सीमामा अनाधिकृत अतिक्रमण फरक विषय भएको कुरा विज्ञप्तिमा स्पष्ट गरिएको छ।
  • प्रधानमन्त्रीको अभिव्यक्ति संविधानको मर्मविपरीत रहेको बताउँदै यसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका हुन्।

विज्ञप्तिमा शाहले ऐतिहासिक तथ्यलाई तोडमोड गरेकोसमेत बताइएको छ। ‘भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो’, विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सिमा मिच्नु र भोगचलन हुनु फरक कुरा भएको ज्वालाले विज्ञप्तिमार्फत् बताएका छन्। नेपाल र भारत सिमामा भोगचलनमा एकले अर्कोको जमिन प्रयोगलाई अतिक्रमत भन्न नमिल्ने विज्ञप्तिमा जनाइएको छ।

‘अन्तर्राष्ट्रिय जमिन अतिक्रमण (Encroachment) र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल-बदल (Cross-Holding) दुई भिन्न विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा आपसी सहमति वा कानुनी अधिकारविना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई ‘अतिक्रमण’ भनिन्छ’, विज्ञप्तिमा भनिएको छ।

देशको कार्यकारी प्रमुखले संसद्‌को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत रहेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्ति–

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…