सांसद्हरूबीच घम्साघम्सीका कारण प्रतिनिधिसभाको अग्रभाग फराकिलो पारियो (तस्बिरहरू)

सांसद्हरूबीच घम्साघम्सीका कारण प्रतिनिधिसभाको अग्रभाग फराकिलो पारियो (तस्बिरहरू)
+
-

काठमाडौँ – प्रतिनिधि सभाको बैठक हलबाट केही टेबुल हटाएर ठाउँ फराकिलो बनाइएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली विपक्षीहरूलाई पेलेरै पास गराएका थिए। त्यस क्रममा विपक्षी दलका सांसदहरू नाराबाजी गर्दै सभामुखको टेबुलसम्म पुगेका थिए।

सोमबार बैठक सुरु हुनअघि नै बैठक हलबाट केही टेबुल हटाएर ठाउँ फराकिलो पारिएको हो।

आज बैठक सुरु भएलगत्तै विपक्षीले संसद् अवरुद्ध गरेका छन्। विपक्षी दलहरूको अवरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउनुपर्ने र संसद्‌मा आएर माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नहरूको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…