- महामन्त्री भुपदेव शाह सञ्चालित कार्यक्रममा नवआगन्तुकलाई पार्टी प्रवेश गराइएको र स्थानीय चुनावमा लाग्न आग्रह गरिएको थियो।
- सुनाखरी र पौवा दुई स्थानमा उस्तै पार्टी कार्यक्रम भए पनि नेता विवेक श्रेष्ठ एकमात्र उपस्थित थिए।
- नेपालगन्जमा रास्वपाभित्र देखा परेको गुटबन्दीले आगामी चुनावमा उम्मेदवार छनौट चुनौतीपूर्ण बनाउने संकेत गर्दैछ।
नेपालगन्ज –रास्वपाका महामन्त्री भुपदेव शाह नेपालगन्जमा छन्। पश्चिम जान आएका महामन्त्री शाह दिउँसो ३ बजेदेखि साँझसम्म कार्यक्रममा व्यस्त भए।
नेपालगन्जको सुनाखरीमा एउटा कार्यक्रम भयो । हालै निर्वाचित नगर, वडा, पालिकाका पदाधिकारीलाई सम्मान, बधाई र प्रमाणपत्र वितरण गरियो। नवआगन्तुकलाई पार्टी प्रवेश गराइयो । राप्रपाका नेता एवं नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यलगायत रास्वपा प्रवेश गरे। आगामी चुनावमा नेपालगन्जको मेयरमा उठ्ने घोषणा गरेका वैश्य रास्वपा प्रवेश गरेका छन् ।
यो कार्यक्रममा पूर्व सांसद लक्ष्मी तिवारी, प्रदेशका महामन्त्री निलराज अधिकारी, जिल्ला अध्यक्ष हरपाल सिंह, बुद्विसागर सुवेदी, नगर अध्यक्ष नवीन खड्कालगायत थिए। यहाँ गएको चुनावमा क्षेत्र नम्बर २ बाट संघीय चुनाव लडेका विवेक श्रेष्ठ देखिएनन् । कार्यकर्ता र अन्यले यसलाई चासोका हेरेका थिए ।
महामन्त्री शाहले पार्टीका नेता तथा कार्यकर्ता स्थानीय र प्रदेशको चुनाव जित्ने गरी लाग्नु पर्ने र त्यसका लागि एकमुख हुनुपर्ने बताए ।
सुनाखरीको कार्यक्रम सकिएपछि होटलमा पौवामा उस्तै प्रकारको अर्को कार्यक्रममा महामन्त्री शाह पुगे । त्यहाँको कार्यक्रममा विवेक श्रेष्ठ देखिए । पार्टी प्रवेश कार्यक्रम थियो त्यो । यता पनि धेरै जना प्रवेश गरेकै थिए ।
एउटै प्रकृतिको कार्यक्रममा दुई ठाउँमा किन आयोजना गरिएको हो भन्ने प्रश्नमा श्रेष्ठले उता बधाई तथा शुभकामना र यता प्रवेश कार्यक्रम भनेर गोलमोटोल जवाफ दिए ।
पौवाको कार्यक्रममा नगएका यताका कार्यक्रम सञ्चालक बुद्विसागर सुवेदीले थकित भएकाले उता नगएको बताए ।
दुई कार्यक्रमकाबारेमा जसले जसरी व्याख्या गरेपनि पार्टीमा गुट देखिन थालेको जानकारहरु बताउँछन् । पार्टीमा सुरुदेखि लागेर उम्मेदवारको आकांक्षा पाल्ने र नवप्रवेशहरु उम्मेदवार हुन पाउने आशामा आउनुले रास्वपामा आगामी चुनावमा उम्मेदवार छनौट पेचिलो बन्ने देखिएको छ ।
भर्खरै
लोकप्रिय
